ट्रेंडिंग:

>> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन

वाह्य पर्यटक बढाउन तत्काल नीतिगत सुधार गर : एनएचए

पर्यटकलाई चाहे जति रकम बोक्न दिन माग
१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

बुटवल, १९ मंसिर ।   लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरुले वाह्य पर्यटकको आगमन बढाउन सरकारीस्तरबाट नीतिगत सुधारको माग गरेका छन् । नेपाल प्रवेश गर्ने सीमा नाकाहरु र अध्यागमन कार्यालयहरु परम्परागत र अव्यवस्थित हुंदा पर्यटकहरु चर्को गर्मीमा घण्टौं लाइनमा र गाडिभित्र बस्नुपर्दा नकारात्मक प्रभाव परेकाले नाका र अध्यागमनलाई आधुनिक र सुविधासम्पन्न बनाउनुपर्ने होटेल व्यवसायीको माग छ । यस्तै भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकचांच गरी दुख दिने र रकम असुल्ने तथा २५ हजार भारु भन्दा बढी रकम साथमा बोक्न नपाउने जस्ता प्रावधान पनि गलत भएकाले परिमार्जन गर्नुपर्ने व्यवसायीले औंल्याएका छन् ।

लुम्बिनी प्रदेशका पर्यटकस्तरदेखि पांचतारेसम्मका होटेल व्यवसायीकोहरुको संस्था नेप्लिज होटेलियर्स एशोसियसन लुम्बिनी (एनएचए) ले लुम्बिनी केबलकार लि.संग गरेको अन्तरक्रियामा एशोसियसनका अध्यक्ष प्रविणबहादुर पाठकले नीतिगत सुधार नगरी पर्यटक भित्राउन र उनीहरुको बसाई अवधि लम्ब्याउन नसकिने बताए । सरकारले पर्यटकमैत्री पुर्वाधार, नीति र कानून बनाउन नसक्दा प्रचूर संभावना भएर पनि पर्यटन क्षेत्रबाट लाभ लिन नसकिएको अध्यक्ष पाठकले औंल्याए । नारायणगढ–बुटवल लगायत मुख्य राजमार्गका सडक र सडक पुलहरु निर्धारित समयमा बनाउन नसक्दा रुपन्देहीको होटेल व्यवसायमा ठूलो असर परेको पाठकले बताए ।
‘स्थलमार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, अध्यागमन कार्यालयमा पर्यटकलाई सहज र सम्मानजनक व्यवहार हुन सकेको छैन,चर्को गर्मीमा पर्यटकहरु गाडीभित्र पसिनाले भिजेर कुर्नुपर्ने वाध्यता छ’–अध्यक्ष पाठकले भने–‘नाका क्षेत्र धुलोमैलोमुक्त स्वच्छ, आकर्षक भयो र अध्यागमन कार्यालयबाट पर्यटकको काम ढिलासुस्तीविना फटाफट हुने हो भने मात्रै पनि पर्यटकमा नेपालप्रति धेरै राम्रो छाप पर्छ ।’
भारतीय र तेस्रो मुलुकका पर्यटकलाई नेपाल घुम्न आएका बेलामा निश्चित परिमाणमा मात्र रकम बोक्न पाइने प्रावधानले नेपाललाई नै घाटा भएको भन्दै अध्यक्ष पाठकले सीमा नतोकी चाहेजति रकम बोक्न दिनुपर्ने व्यवस्था गर्न माग गरे ।

एशोसियसनका उपाध्यक्ष दिलिप गौचनले बुटवलमा प्रदेशकै पहिलो केबलकार सञ्चालनमा आएपछि प्रदेश राजधानी सरेपछि सुस्ताएको बुटवल गुल्जार हुने आशा पलाएको भन्दै यसको प्रवद्र्धनमा सरकार र पर्यटन व्यवसायीबीच सहकार्य हुनुपर्ने बताए । केबलकारमा पर्यटन सूचना केन्द्र स्थापना गर्न उपाध्यक्ष गौचनले सुझाव दिए ।

एशोसियसनका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठले भारतीय पर्यटकका हकमा कम्तीमा एक लाख रुपैयां साथमा ल्याउन दिनुपर्ने माग गरे । ‘पर्यटकलाई चाहेजति पैसा ल्याउन नदिएपछि पर्यटन व्यवसाय कसरी फस्टाउंछ ?’– प्रश्न गर्दै श्रेष्ठले भने–‘वाह्य पर्यटकलाई जतिसक्दो धेरै रकम साथमा ल्याउन पाइने कानूनी व्यवस्था सरकारले गरिदिनुपर्छ अनि मात्र पर्यटनबाट लाभ लिन सकिन्छ ।’

एशोसियसनका सदस्य प्रविन शाक्यले भारतको उत्तर प्रदेश र बिहारको करिब ४० करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै वर्षेनी नेपाल आकिर्षत गर्न सके पर्यटन व्यवसाय फस्टाउने र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भन्दै भारतीय पर्यटकलाई प्राथमिकता दिन र सम्मानजनक व्यवहार गर्न आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरेर टुर गाइड तयार गरी मार्केटिङ गर्न सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

सो अवसरमा एशोसिएसनका महासचिव विकास पाण्डे,कोषाध्यक्ष पदम केसी लगायतले सरकारले पर्यटन व्यवसायीमैत्री नीति बनाउन चुकेको बताए ।
अन्तरक्रियामा लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले पर्यटक चढेका भारतीय सवारी साधन सीमा नाकाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने प्रावधान उपयुक्त नभएकाले चुरे पहाडको फेंदीसम्म आउन पाउने व्यवस्था हुुनुपर्ने औंल्याए । डेढ दशकसम्म अलपत्र परेको लुम्बिनी केबलकार परियोजनामा आईएमई ग्रुप मुख्य साझेदार बनेपछि दुई वर्षमै सञ्चालनमा आएको र टप स्टेशनमा बनेको कामाख्या देवी मन्दिर हिन्दु धर्मावलम्बी भारतीय पर्यटकलाई आकर्षण बनेको बताए ।

केबलको टप स्टेशनमा ४० लाख लागतमा जीप लाइन सञ्चालनमा आइसकेका, डेढकरोड लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ,बाल उद्यान छिटैस ञ्चालन हुने र साढे ३ अर्ब लगानीमा १५० कोठा ,एक हजार जना क्षमताको ब्याङक्वेट हल,क्यासिनो र स्वीमिङ पूल सहित पांचतारे होटल निर्माणको तयारीमा रहेको जानकारी गराए । जेठ १५ देखि सञ्चालनमा आएको लुम्बिनी केबलकार परियोजना पांचतारे होटलसहित ५ अर्ब लागतको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?