ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

बुटवल कालिका क्याम्पसमा खेल सप्ताह जारी

चेस, टेबलटेनिस, दौड (१००/४०० मिटर) छात्रछात्रा सम्पन्न, अन्य खेलहरु जारी
१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

बुटवल, १९ मंसिर । बुटवल कालिका क्याम्पसको १० औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित सप्ताहब्यापी खेल सप्ताह २०८० अन्तरगत विभिन्न खेलहरु सम्पन्न भएका छन । प्रतियोगिता अन्तरगत एथ्लेटिक्स छात्र १०० मिटर दौडमा बिबिएस पहिलो वर्षका भिम सिह गाहा प्रथम भए । बिसिए सातौ सेमिस्टारका मन्जिल साहनी क्षेत्री दोस्रो तथा बिबिएस दोस्रो वर्षका तुल बहादुर झेडी तेस्रो भए । छात्रातर्फ बिएड दोस्रो वर्षकी सुनिता चौधरी प्रथम, बिबिएस पहिलो वर्षकी निशा खातुन दोस्रो तथा बिबिएस दोस्रो वर्षकी सिल्पा पाण्डे तेस्रो भईन ।

यसैगरि छात्र ४०० मिटर दौडमा बिबिएस दोस्रो वर्षका तुल बहादुर झेडी प्रथम भए । बिबिएस प्रथम वर्षका भिम सिह गाहा दोस्रो तथा बिसिए सातौ सेमिस्टारका मन्जिल साहनी क्षेत्री तेस्रो भए । छात्रातर्फ बिबिएस पहिलो वर्षकी निशा खातुन प्रथम भईन । बिएड दोस्रो वर्षकी सुनिता चौधरी दोस्रो तथा बिएड तेस्रो वर्षकी अस्मिता जिएम तेस्रो भईन ।

ईन्ट्रा चेस प्रतियोगितामा अन्तरगत छात्रमा बिसिए सातौ सेमिस्टारका रबि पाण्डेय २ अंकसहित प्रथम भएका छन । बिसिए आठौ सेमिस्टारका सुरज चौधरी १.५ अंकसहित दोस्रो भए । छात्रामा बिबिएस तेस्रो वर्षकी उजेली थापा २ अंकसहित प्रथम भएकी छिन । यसैगरि बिबिएस तेस्रो वर्षकी सुनईना गहतराज १.५ अंकसहित दोस्रो भइन ।

यसैगरि टेबलटेनिस छात्रमा सुलभ तिवारी प्रथम भए । यसैगरि विश्वास पौडेल दोस्रो तथा अनमोल उमर मगर तेस्रो भए । छात्रातर्फ भने करिना आचार्य प्रथम, अंशु राना दोस्रो तथा अस्मिता पाण्डे तेस्रो भईन ।

यसैगरि छात्रा भलिबलमा बिएड तेस्रो वर्षको टिमले बिबिएस चौथो वर्षलाई २—१ को सेट, बिबिएस दोस्रो वर्षको टिमले बिबिएस पहिलो वर्षलाई २—० तथा बिबिएस तेस्रो वर्षको टिमले बिबिएस पहिलो वर्ष दिवा टिमलाई २—० को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन ।
यसैगरि छात्र कबड्डीमा बिबिएस दोस्रो वर्षले बिबिएस पहिलो वर्षको टिमलाई ५७—५१ अंकले पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि बिबिएस तेस्रो वर्षले बिसिए पहिलो सेमिस्टारको टिमलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेका छन ।

दिवसकै अवसरमा आयोजित निबन्ध लेखनतर्फ अस्मिता थापा प्रथम भएकी छिन । बिबिएस तेस्रो वर्षकी बासना पोख्रेल दोस्रो तथा बिबिएस चौथो वर्षकी तिर्सना खराल तेस्रो भईन । बकतृत्वकला प्रतियोगितामा मिना न्यौपाने प्रथम, बिन्दु कुमारी पुरी दोस्रो तथा बिबेक अर्याल तेस्रो भए ।

खेल सप्ताह अन्तरगत कबड्डी, चेस, दौड (१००/४०० मिटर) छात्रछात्रा, क्रिकेट, भलिबल (छात्रा), टेबलटेनिस, डोरी तान्ने (छात्रछात्रा) लगायत खेलहरु जारी रहेको खेल संयोजक रेश्मीराज शर्माले बताए । यसैगरि हाजिरी जवाफ, अन्तर कलेज प्रस्तुत प्रतिस्पर्धा, रक्तदान कार्यक्रम, निशुल्क आँखा जाँच शिविर, निशुल्क दन्त परिक्षण समेत गरिने उनले बताए । कलेजमा बिबिएस, बिसिए र बिएडमा गरि ३ हजार विद्यार्थी अध्ययरत छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?