© २०२३
धनगढी, १८ मङ्सिर ।
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोस्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
आजको पहिलो खेलमा समूह ’बि’ अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गर्दै ग¥यो । फाप्ला क्रिकेट मैदानमा १५ ओभरमा १ सय २५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिङ गरेता पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो ।
धनगढी क्रिकेट एकेडेमीका बलर नीरज ऐरले ४ विकेट लिँदै कैलाली मल्टिपलको इनिङ्स धराशायी बनाए। प्लेयर अफ द म्याच घोषित ऐरले ३ ओभरमा १ मेडन ओभर फाल्दै मात्र ४ रन खर्चिए। अनीश अवस्थी र मान साउदले २÷२ विकेट लिए । कैलालीको ब्याटिङमा गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । धनगढीको लागि कप्तान विजय रानाले ओपनिंग ब्याटिङ गर्दै २६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४१ रनको योगदान दिए । हृतिक थापाले अविजित ३० बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बनाए ।
नीरज ऐरले १० बलमा १ चौका र २ छक्का मद्दतले २१ रन बनाए । कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दीप कँडेलले २÷२ विकेट लिए ।
आजको दोस्रो खेलमा समूह ’ए’ अन्तर्गत धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित गरेको छ । धनगढी स्पोर्ट्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्लाले १५.२ ओभरमा ९४ रनमै सबै विकेट गुमायो ।
कैलालीको ब्याटिङमा दीपक टमाटाले सर्वाधिक ३३ रन, विनोद नाथ र नरेन साउदले समान १३ रन योगदान दिए । बलिङमा भोज राज भट्ट र दीपक चन्द ठकुरीले ३÷३ विकेट लिए भने नारायण जोशीले २ विकेट लिए । दीपकले ४ ओभरमा १ मेडन गर्दै १० रन, भोजले ३ ओभरमा २० रन खर्चिए । प्लेयर अफ द म्याच घोषित नारायणले ३.२ ओभरमा १२ रन खर्चिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनायो ।
धनगढीको लागि ओपनर आयुष्मान् बमले ३४ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४५ रन बनाए । नारायण जोशीले २५ बलमा ३ चौका र २ छक्का सहित ३५ रन बनाए । यस्तै आयुब चन्दले २९ बलमा ३ चौका र १ छक्काको मदतमा ३२ रन बनाए । ओपनर सुनिल धमलाले २५ रन बनाए ।
कैलाली जिल्ला क्रिकेट सङ्घको बलिङमा नरेन साउदले ४ ओभरमा २८ रन खर्चिँदै सर्वाधिक ३ विकेट लिए जुन । राहुल केसी र डबल ऐरले १÷१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत मङ्गलवार पनि दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल बिहान ९ बजे सुदूरपश्चिमांचल एकेडेमी र घोडाघोडी क्रिकेट एकेडेमी बिच र दोस्रो खेल दिउँसो १ बजे शुक्लाफाँटा ब्ल्याकबक्स र खप्तड इनडोर बिच हुनेछ ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ ।