© २०२३
बुटवल ।
युसिएमयस शिक्षण अस्पताल, भैरहवा र मुक्तिनाथ विकास वैंक प्रा.लि. विच विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम यु.सि.यम.यस., शिक्षण अस्पतालले मुक्तिनाथ विकास वैंकमा कार्यरत कर्मचारीहरु र त्यहाँ खाता भएका ग्राहकहरुले अस्पतालका सेवा सुविधाहरुमा निश्चित प्रतिशतमा छुट प्राप्त गर्नेछ भने मुक्तिनाथ विकास वैंकले अस्पतालको प्रचार–प्रसारमा सहयोग पु¥याउनेछ ।
जस अनुसार मुक्तिनाथ विकाश वैंकमा कार्यरत कर्मचारीहरु र बैंकका ग्राहकहरुले अस्पतालको साधारण बेड शुल्कमा ५० प्रतिशत, क्याविन तथा डिलक्स वार्डमा २० प्रतिशत, सघन उपचार कक्षमा १० प्रतिशत, सामान्य ल्याब जाँचमा २० प्रतिशत, रेडियोलोजी जाँचहरुः–डिजिटल एक्सरे, अल्ट्रासाउण्ड, सि.टि.स्क्यान, एम.आर.आई., मेमोग्राफी सेवामा २० प्रतिशत, शल्यक्रिया सेवा (इम्पलान्ट र औषधी बाहेक)मा २० प्रतिशत, विशिष्टकृत जाँचहरु तथा दन्त उपचार प्रक्रिया (इम्पलान्ट र औषधी बाहेक) मा १० प्रतिशत, सामान्य दन्त जाँच तथा उपचार, जटिल दाँत निकाल्ने सेवामा ३० प्रतिशत र सामान्य दाँत निकाल्ने सेवा भने निःशुल्क हुनेछ । माथिका यी सेवाहरु प्राप्त गर्न वैंकमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र र बैंकका ग्राहकहरुले अस्पतालमा आफ्नो डेविट कार्ड अनिवार्य पेश गर्नु पर्नेछ ।
सो सम्झौता कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., मुक्तिनाथ विकास वैंक कोटिहवा शाखाका शाखा प्रबन्धक शोभा गुरुङ्ग, यु.सि.यम.यस.का वित्त नियन्त्रक सुरज पौडेल, मुक्तिनाथ विकास वैंक कोटिहवा शाखाका ऋण अधिकृत देवेन्द्र गौतमको उपस्थिति रहेको थियो ।