ट्रेंडिंग:

>> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने

पत्रकार आचार्यलाई उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार

१५ मंसिर २०८०, शुक्रबार
१५ मंसिर २०८०, शुक्रबार

बुटवल, १५ मंसिर ।

पत्रकार रामप्रसाद आचार्य उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । रुपन्देही उद्योग संघले प्रदान गर्ने उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७९ बाट आचार्य शुक्रबार पुरस्कृत भएका हुन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा संघले स्थापना गरेको ४६ हजार १५५ रुपैयाँ राशीको पुरस्कारसहित आचार्यलाई पूर्वमन्त्री तथा सांसद भोजप्रसाद श्रेष्ठले सम्मान गरेका छन् ।

आचार्य साढे दुई दशकदेखि रुपन्देहीमा रहेर पत्रकारितामा क्रियाशील छन् । उनी बुटवलको दैनिकपत्रका साथै नेपाल प्रेस अनलाइनमा कार्यरत छन् । पुरस्कृत भएपछि बोल्दै आचार्यले यो पुरस्कारले उद्योग क्षेत्रका समस्याका विषयमा कलम चलाउन थप उत्प्रेरणा प्राप्त भएको बताए । संघले शुक्रबार आफ्नो ४६ औं स्थापना तथा औद्योगिक दिवसको अवसरमा पत्रकारिता पुरस्कारसहित छात्रवृत्ति प्रदान, अग्रज उद्यमी, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा अग्रज उद्यमीको रुपमा पूर्णप्रसाद सापकोटा, चन्द्रमान श्रेष्ठ र तिलप्रसाद भट्टराई, उत्कृष्ट रोजगारदाता उद्योगीको रुपमा डुंगारी गार्मेन्ट उद्योगका यज्ञेश्वर थैव, उत्कृष्ट महिला उद्यमीको रुपमा दिलु् शाही, उत्कृष्ट युवा उद्यमीको रुपमा उपेन्द्र अग्रवाल, उत्कृष्ट कृषि उद्योगीको रुपमा माउन्ट रोजिन एण्ड टर्पेन्टाइन इन्डष्ट्रिजका वसन्त रोका क्षेत्री, जिल्लाभरीका उद्योगहरुमध्ये उत्कृष्ट उद्योगको रुपमा यशोदा फुड्स प्रालिका चुन्नुप्रसाद पौडेल र उत्कृष्ट पर्यटन उद्योगको रुपमा होटल न्यू इरा बुटवलका सञ्चालक माधव नेपाललाई सम्मान गरिएको छ ।

त्यस्तै सदस्य उद्योगीका छोराछोरी कान्ति माविमा अध्ययनरत विद्यार्थी मधुसुधन मल्ल र जनज्योती माविमा कक्षा ९ मा अध्ययनरत तुलसा गाहालाई १० हजार १५५ नगद र स्टेशनरी तथा झोला छात्रवृत्ति स्वरुप प्रदान गरिएको थियो ।

त्यसैगरी संघले स्थापना दिवसको अवसरमा मंसिर १३ गते मानव सेवा आश्रममा स्वास्थ्य परीक्षणसहित खाना खुवाउने कार्यक्रम, मंसिर १४ गते रुपन्देहीमा रहेका संघसंस्थाबीच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता र मंसिर १५ गते बिहान रक्तदान कार्यक्रम आयोजना गरी ६० युनिट रगत संकलन गरी रक्त सञ्चार सेवा केन्द्रमार्फत मानवीय सेवामा समर्पित गरेको छ । स्थापना दिवस समारोहमा ब्याडबिन्टनमा उत्कृष्ट टिमलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्योगी व्यवसायीहरुको हकहितको पक्षमा उद्योग संघले खेलेको नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले राज्यको औद्योगिक र भन्सार नीति गलत हुँदा उद्योगी व्यवसायीले समस्या भोग्नु परिरहेको बताए ।

उद्योगी व्यवसायीका मुद्दामा राज्य गम्भीर हुनुपर्ने र आफूले पनि यसका लागि सकारात्मक पहल गर्ने भन्दै श्रेष्ठले यस क्षेत्रको विकासका लागि सबै राजनीतिक दल, उद्योगी व्यवसायी लगायत सबै क्षेत्र एक ठाउँमा उभिनुपर्ने बताए ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष डम्बरदेव अर्यालले दलहरुको गलत नीतिका कारण अहिलेको व्यवस्थामाथि प्रश्न उठेको र मुलुक झन् झन आर्थिक रुपमा ओरालो लाग्दै गएको भन्दै यसका लागि उद्योगी व्यवसायीहरु चनाखो हुनुपर्ने बताए ।

संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन व्यवसायी माधव नेपाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, बुटवल–४ का वडाअध्यक्ष नरिश्वर पौडेल, संघका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल, अग्रज उद्यमी पूर्णप्रसाद सापकोटा, पचिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, महासचिव हिरामणी भट्टराईलगायतले औद्योगिक क्षेत्रका समस्याका विषयमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?