© २०२३
तिलोत्तमा ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड, करहिया तिलोत्तमा ९ मंगलापुर रुपन्देहीको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेबी चौधरीले उदघाटन गरेकी थिइन् । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष झुपा पाण्डे न्यौपानेले पेश गरेको आर्थिक वर्ष २०७९ ÷०८० को वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
सो अवसरमा लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक निता अर्यालले संस्थाको हाल कुल पुँजी २८ करोड ६५ लाख २२ हजार रुपैयाँ रहेको बताउँदै संस्थाले वर्ष ७९÷०८० मा १ करोड ४८ लाख ७३ हजार खुद मुनाफा गर्न सफल भएको जानकारी दिए ।
सो अवसरमा बोल्दै उपप्रमुख जागेश्वरदेबी चौधरीले बचत तथा ऋणको मात्रै कारोबार गर्ने सहकारीहरुको भिडमा साना किसान कृषि सहकारी संस्थाले सामाजिक तथा कृषि क्षेत्रमा लगानी प्रवाह गरिरहेकोमा खुसी ब्यक्त गरिन् ।
साथै उनले आम महिला दिदीबहिनीहरुको जीवनस्तर उकास्ने काममा संस्था निरन्तर लागिरहनु प्रशंसनीय रहेको भन्दै सहकारीले आम शेयर सदस्यको जीवनस्तर उकास्ने गरी उत्पादनमैत्री क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् । उनले र्सस्थालाई उत्पादनमुखी बनाउन लगानीका क्षेत्रहरु समेत बिस्तार गर्नु आजको आवश्यकता रहेको बताउदै सस्था त्यसमा सफल देखिएको भन्दै प्रशंसा गरिन् ।
सो अवसरमा तिलोत्तमा ९ का वडाअध्यक्ष ध्रुव न्यौपाने, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष डा खगराज शर्मा, साना किसान विकास लघुबित्त बित्तिय संस्थाका बुटवल प्रबन्धक गणेश भट्टराई, तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसाल, शेयर सदस्यको तर्फÞबाट दीपा शर्मा न्यौपाने लगायतले बोल्दै संस्थाले अन्य सहकारीको बीचमा आफुलाई नमुना र अब्बल बनाउन सफल भएको बताएका थिए ।
कार्यक्रममा जेष्ठ महिला सदस्य, अधिकतम बाल बचत गर्ने बालबालिकाहरु, उत्कृष्ट व्यवसायी, सहकारीमा आबद्ध भै अब्बल काम गर्ने विभिन्न समूह लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राधिका गुरुङ, प्रवन्धक शिवा पौडेल पाण्डेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । प्रत्येक शेयर सदस्यलाई १८ प्रतिशत लाभांश वितरण गरेको सहकारीले यसबर्ष संस्थामा आवद्ध कारोबारी शेयर सदस्यलाई संरक्षित पुजी कोषबाट ३ प्रतिशत रकम फिर्ता गरी उदाहरणीय कार्य गरेको छ । संस्थामा हाल १ हजार ९ सय ८२ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।