© २०२३
बुटवल, ९ मंसिर । ब्याडमिन्टन खेल र खेलाडीको विकास गर्ने उद्येश्यका साथ नेपालगंजमा पहिलोपटक राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । बाके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा फागुनको दोस्रो हप्ता राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता हुने भएको हो । एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईलाई शनिबार नेपालगंजमा स्वागत, सम्मान गर्दै संघका पदाधिकारीहरुले प्रतियोगिताबारे तयारीको बारेमा जानकारी गराए ।
कार्यक्रममा सदस्यसचिव भट्टराइले प्रदेशमा हुने खेल गतिविधिका कारण युवाहरुमा आर्कषण बढेको भन्दै सरोकारवाला निकायहरु खेल विकासमा एक ढिक्का भएर लाग्न सुझाव दिए । खेल विकासमा नीजि क्षेत्रको महत्वपूर्णबारे प्रकाश पार्दै सरकार निरन्तर खेल विकासमा लागेको उनले बताए ।
कार्यक्रममा सचिव भक्त बहादुर गोदारले प्रतियोगितामा देशभरबाट उत्कृष्ट खेलाडीहरु भाग लिने बताए । मेन्स डबल्स (खुल्ला), मेन्स डबल्स (बि लेभल) र भेट्रान्स (४५ प्लस) गरि ३ ईभेन्टमा प्रतियोगिता हुने उनले बताए । मेन्स डबल्स (खुल्ला) को उपाधि विजेताले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने उनले बताए । यसैगरि दोस्रो टिमले नगद ७० हजार तथा तृतिय टिमले नगद ३० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि मेन्स डबल्स बि लेभलको प्रथम, द्धितिय र तृतिय टिमहरुले क्रमश ४० हजार, ३० हजार र १० हजार रुपैया तथा भेट्रान्सतर्फ प्रथम, द्धितिय र तृतिय टिमले क्रमश ५० हजार, ३० हजार र १० हजार रुपैया, कप, मेडलबाट पुरस्कृत गरिने उनले बताए ।
बाके जिल्लाबाट प्रतिनिधित्व गरि राष्ट्रिय प्रतियोगितामा च्याम्पियन तथा दशौ एशियाली ब्याडमिन्टन प्रतियोगितामा कास्य पदक जितेर ईतिहास रहेको बाके जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष संजय थापाले दाबी गरे ।
नेपालगंज रंगशालाको कर्भड हलमा हुने ३ दिने प्रतियोगितामा २५ लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।