ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

प्रदेशकै ठूलो गैडहवा तालको प्रचार गर्न भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव

जिल्ला बाहिरबाट आउने खेलाडीलाई खाना र आवासको निशुल्क व्यवस्था आयोजकले गरेका छन् ।
९ मंसिर २०८०, शनिबार
९ मंसिर २०८०, शनिबार

बुटवल, ९ मंसिर ।

लुम्बिनी प्रदेशकै ठूलो भएर पनि ओझेलमा परेको रुपन्देहीको गैडहवा तालको प्रचार प्रसार र पर्यटकीय प्रवद्र्धनका लागि खुल्ला भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव गरिने भएको छ । गैडहवा गाउँपालिका वडा नं ४ स्थित ५० विघा क्षेत्रफलमा फैलिएको गैडहवा तालको प्रवद्र्धनका लागि मंसिर २७ देखि ३० गतेसम्म खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक महोत्सव आयोजना गरिएको हो ।
स्थानीय शान्ति युवा क्लबले गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए । बी लेभलको प्रतियोगितामा एउटा टिममा राष्ट्रिय स्तरका खेलाडी तीनजना मात्र राख्न पाइने र बांकी खेलाडी प्रदेश र स्थानीय स्तरका हुनुपर्ने नियम बनाइएको छ । जिल्ला बाहिरबाट आउने खेलाडीलाई खाना र आवासको निशुल्क व्यवस्था आयोजकले गरेका छन् ।
प्रतियोगिताको विजेता टिमले ७५ हजार ,उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार तथा सान्त्वता हुने टिमले २० हजार नगद पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले लुम्बिनीसँग जोडिएको गैडहवामा पर्यटन बिकासका लागि भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गरे । भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सवमा सहभागी हुनेहरुलाई डुंगा शयर गराई तालको प्रचार प्रसार हुने उनले बताए । गैडहवा ताल दर्जनौं प्रजातीका चराहरु विचरण गर्ने थलो पनि भएको बताउँदै अध्यक्ष पौडेलले यसलाई पालिकाको गौरवको आयोजनाको रुपमा विकास गर्ने र होम स्टे सहित अन्य पर्यटकीय पुर्वाधार थप गर्ने गरी अघि बढिएको बताए । भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सवका लागि गाउंपालिकाले ४ लाख रुपैयां आर्थिक सहयोग गर्ने अध्यक्ष पौडेलले बताए ।
सयौं वर्षअघि मानव निर्मित गैडहवा ताल क्षेत्रको पूरा क्षेत्रफल ८४ विघा छ । विश्व सिमसार क्षेत्रमासमेत सूचीकृत तालमा पर्यटक लक्षित २ वटा अटोमेटिक मेशिन जडित तथा २ वटा खुट्टाले चलाउने डुङ्गा सञ्चालनमा रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ । गाउँपालिका र वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको हो ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा स्थानीय परम्परा झल्किने साँस्कृतिक प्रस्तुतीसहित जातीय तथा परम्परागत परिकारसँगै डुङ्गा सयर पनि गर्न पाइने आयोजकले जनाए । कार्यक्रममा वडा नं ६ की वडाध्यक्ष मिना क्षेत्री,भलिबल रेफ्री रामबहादुर थापा,बाबुराम मल्ल लगायतले बोल्दै प्रतियोगिता सम्पन्न गर्न सबैको सहयोग आवश्यक पर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?