ट्रेंडिंग:

>> बँदेल मार्ने पासोमा करेन्ट लागेर मृत्यु ,शव लुकाउने ३ जना पक्राउ >> प्राधिकरणलाई पोल भाडा उठाउनै सकस् >> प्रदूषण उच्च भएपछि वातावरण मन्त्रालयको प्रस्ताव: हप्तामा दुई दिन बिदा, जोरबिजोर यातायात >> कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने >> तिलोत्तमा उद्योग वाणिज्य संघमा क्यालेण्डर विमोचन >> राष्ट्रपतिले नियुक्त गरे तीन देशका लागि गैर आवसीय राजदुत >> आज पनि बढ्यो सेयर बजार >> महिला उद्यमीहरुलाई व्यवसायिक योजना, प्याकेजिङ र बजारीकरणको तालिम >> सलमानको सिकिन्दरले तीन दिनमै कमायो १४१ करोड >> `बिआईएस´ प्रमाणपत्र नविकरण गरे पछि भारत निर्यात सहज >> परराष्ट्रमन्त्री राणा र श्रीलंकाका एचई अरुण हेमचन्द्रबीच द्विपक्षीय भेटवार्ता >> प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता >> सुर्खेतमा बढ्दै लागुऔषध प्रयोगकर्ता, तीन वर्षमा तीन सय ६९ पक्राउ >> मानव जातिको सुरक्षित र समृद्द भविश्यका लागि साझा प्रयत्न जरूरी छ: प्रधानमन्त्री >> भारतमा ९.७ मिलियन ह्वाट्सएप अकाउन्टमा प्रतिबन्ध, मेटाको अहिलेसम्मकै ठूलो कारबाही >> ट्रम्पकाे नयाँ कर नीतिः सार्कमा श्रीलंकालाई सबैभन्दा बढी ४६ प्रतिशत, नेपाल १० मा सिमित (सुचीसहित) >> त्रिचन्द्रमा कांग्रेस निकट नेबिसंघ विजयी, एमाले निकट अखिल तेस्रो >> आन्दोलनरत शिक्षकहरूलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा >> ताल्चा फुटाएर महानगरको जिम्मवारीमा फर्किए गुरागाईं, अब रोकिएको तलब निकासा हुने >> चैत १५ घटनाः राप्रपाले माग्यो गृह मन्त्री लेखकको राजिनामा >> मोदी पनि पुगे बैंकक, भोली ओलीसँग साइडलाइन वार्ता हुने >> हात्तीको आक्रमणबाट खड्गवार हात्तीसारमा कर्मचारीको मृत्यु >> प्रशासकीय अधिकृतको स्वागतमा डंगोल, निषेधमा मेयर बालेन साह >> प्रशासकीयलाई रोक्न मेयर बालेनले गरे नगर प्रहरी तैनाथ >> जब खुलासा भयाे इंग्ल्यान्डका खेलाडीको भाइकी श्रीमतीसँग ८ बर्षे गाेप्य सम्बन्ध >> लगातार तिन दिन स्थिर रहेको अमेरिकी डलरको भाउ बढ्याे, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> कृषि उपजका सटर टेन्डर अबिलम्ब खोल्न व्यवसायीको माग >> ‘विश्वविद्यालयले युग सुहाउँदो जनशक्ति देउ’ >> संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलवाड नगरौं >> पाँच दिन पछि १२ घन्टाको प्रयासमा भग्नावशेषबाट जिउँदै निकालियो >> एलिस वाल्टन बनिन् विश्वकै धनी महिला, जान्नुहोस् उनको धन र शौक >> म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता >> झुम्साको खानेपानी बुटवलमा कहिले ? >> ‘विधिभन्दा बाहिरका सहकारी कारबाहीका भागेदार हुन्छन्’ >> प्रदेश सरकारको रिफ्रेस सेन्टरः झाडीले छोपिदियो सरकारको करोडौं धन >> के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ? भगाउन अपनाउनुहोस् यी घरेलु उपाय >> कस्तो रहला आज देशभरको मौसम ? >> लुम्बिनी कपले महिला खेलाडीलाई अवसर प्रदान गर्नेछः कप्तान एन्जिला >> दाङमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल सुरु >> सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा >> राजावादी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख क्षतिपुर्ति >> अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार >> पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा >> मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति >> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता

रामग्राममा भेटिए ‘पुरातात्विक बस्तु’

५ मंसिर २०८०, मंगलवार
५ मंसिर २०८०, मंगलवार

नवलपरासी,५ मंसिर । भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा क्षेत्रमा भई रहेको उत्खननले चिनियायात्री ह्वेगँसाँग र फाइयानले बर्णन गरेर अनुसारको संरचना भेटिन थालेको छ । चिनियायात्रीले गरेको बर्णन र भूभौतिक सर्वेले देखाएका सँकेतको आधारमा उत्खनन गर्दा प्राचिन विहार तथा पोखरीका अवशेष भेट्न थालेको हो ।

रामग्राम स्तुपबारे भारतीयद्धारा पनि विभिन्न दुष्प्रचार भई रहेको बेला अहिले रामग्राम स्तुपक्षेत्रको उत्खननले थप खण्डनन गर्न थालेको हो । यो उत्खननले फेला पारेको पुरातात्विक आधारले रामग्राम स्तुपको थप पुष्ट्याई भई रहेको यस क्षेत्रका जानकार तथा बौद्ध अध्येयता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बताए । चिनियायात्रीले आफ्नो यात्रा वृतान्तमा गरेको बर्णको अनुसारका पुरातात्विक बस्तुले रामग्राम स्तुपबारे थप प्रष्ट गरेको छ, उनले विगतका उत्खननका बेला युनेस्कोका केही विज्ञहरूले भनेको भनाई स्मरण गर्दै भने, युनेस्कोका विज्ञहरूले भनेका थिए, रामग्राम स्तुप सम्भवतः यहिँ हो तर अझै पनि थप प्रमाणका लागि अझै मिहेनत (उत्खनन कार्य) गर्नुपर्छ । यसले स्तुपालाई विश्व सम्पदा सुचिमा सुचिकृत गर्न सहज बनाउछ । जुन अहिलेको उत्खननले थप प्रमाण उपलब्ध गराएको छ । यो रामग्रामबासीलाई मात्र होईन्,सम्पुर्ण नेपालीकै लागि गौरवान्वित गर्दैछ ।

भगवान गौतम बुद्धको अस्थिधातुलाई आठ भागमा वितरण गर्दा आठ भाग मध्ये एक भाग कोलिय राजाहरूले पाएको भागलाई राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए । पछि तत्कालिन मगध सम्राट अशोकले सबै स्तुपको उत्खनन गराई संसार भरि विगतरण गरि ८४ हजार स्पुप निर्माण गराउने अभियानमा लागेका थिए । अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीले यो (रामग्राम) स्तुप नखनिदिन आग्रह गरे अनुसार सम्राट अशोकले यो स्तुप (रामग्राम) स्तुपको उत्खनन गरेरनन् । ति नागबंशी भिच्छुका लागि त्यही विहारको समेत निर्माण गराउन लगाएका थिए । त्यस पछि चिनियायात्री ह्वेगँसाँग लुम्बिनी क्षेत्रको भ्रमण गर्ने क्रममा आउदा आफुले लुम्बिनी पुर्वमा राजधानीको अवशेष भेटिएको र त्यसको दक्षिण पुर्व दिसामा एक स्तुप भएको र ति स्तुप नजिकै पोखरी र विहार समेत रहेको कुरा उल्लेख पाईन्छ ।

यसले गर्दा अहिले कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) लाई पनि पुरातत्व विभागले उत्खनन गरि शाक्यहरूको कपिलबस्तु राज्यको तिलौराकोट राजधानीका समकालिन इसापुर्व ७ सयसम्मका प्राचिन बस्तुहरू भेटिएकाले कोलिय गणराज्यको राजधानी पण्डितपुरलाई नै कोलनगर वा प्राचिन देवदह भनेर राजधानी प्रमाणित गरेको छ । सो राजधानी देखी दक्षिण पुर्वमा रहेको यो स्तुपा नजिकैको विहार र पोखरीले स्तुपा भएको प्रमाणहरू देखिन थालेको छ । अब सम्भवतःविश्व सम्पदामा सुचिकृत हुन सक्ने धेरै प्रमाणहरू जुटि सकेको उत्खनन टोलीको पनि भनाई थियो । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर ज्ञवाली सहितको विदेशी टोलीले उत्खनन कार्य निरन्तर गर्दै आएका छन् । झण्डै दुई दशक रोकिएको उत्खनन कार्य अहिले पुनःशुभारम्भ भएकोमा खुशी ब्यतm गर्दै आएका स्तुपमा चिनियायात्रीको बर्णन अनुसारको पुरातात्विक बस्तु फेला पर्दा थप उत्साही भएका छन् ।

विगत केही बर्ष अगाडी रामग्राम स्तुपाको उत्तर पश्चिम क्षेत्रमा जिओफिजिक्स(भुभौतिक सर्वे) द्धारा पहिल्याएको विहार र पोखरी क्षेत्रमा तिन वटा ट्रेन्स लगाई उत्खनन कार्य भई रहेको देखाउदै पुरात्व अधिकृत ज्ञवालीले भुभौतिक सर्वेले खिचेको तस्विरको आधारमा सो क्षेत्रमा खनन कार्य शुरु गरेको देखाएका थिए । विहार र पोखरी क्षेत्रको पुरातात्विक आधार बाहिर देखाईन्छ । ततपश्चात यसको बैज्ञानिक बर्ष आधार इतिहासको आधारमा खोज्ने कार्य हुन्छ । सन १८९८ मा डा.डब्लु होयद्धारा रामग्राम स्तुप यहिँ नै हो भनेर उल्लेख गरेका थिए । त्यस पछि स्तुप क्षेत्रको भुभौतिक सर्वे गरि १९९९ र २००१ मा उक्त क्षेत्रको उत्खनन कार्य शुक्रसागर श्रेष्ठद्धारा गरिएको थियो ।

शुक्रसागर श्रेष्ठको उत्खनन पश्चात दुई दशकसम्म उत्खनन कार्य रोकिदा अहिले यस क्षेत्रको समग्र विकास कार्य नै अवरुद्ध भएका छन् । त्यो बेला उत्खनन गर्दा मौर्यकालिन मौर्यन स्टोनका टुक्रा फेला परेको स्तुपको वरिपरि विभिन्न सुन्याघार जस्ता पुर्वाधारहरू फेला परेको थियो । त्यसैले पनि रामग्राम स्तुपाको आधार तयार गरेको थियो । रामग्रामबारे बौद्ध साहित्य तथा इतिहासका आधारमा भगवान गौतम बुद्धको भारत कुशिनगरमा महापरिनिर्वाण पश्चात उनको अस्थिलाई विभिन्न ८ भागमा बाडिदा बुद्धका मावली राज्यका कोलिय राजाहरूले पाएको अस्तुको भागलाई ल्याएर आफ्नो राजधानीको पुर्व दक्षिण दिसामा अस्तु राखेर रामग्राम स्तुपको निर्माण गराएका थिए ।
ति स्तुपको संरक्षण,पुजा,पाठ,ध्यान अभ्यास निरन्तर नागबंशीहरूले गर्दै आएका थिए । तत्पश्चात तत्कालिन मगधका सम्राट अशोक बुद्धका सात वटा स्तुप उत्खनन गराई ति धातु संसारका ८४ हजार स्थानमा वितरण गर्ने अभियानको क्रममा अन्तिम पटक रामग्राम स्तुपको उत्खनन गर्न आएका थिए । उत्खनन गर्न आउदा स्तुपको संरक्षण गरि बस्दै आएका नागबंशीहरूले यो स्तुप धर्मको धरोहर हो,भन्दै स्तुप उत्खनन नगरिदिन आग्रह गरेका थिए । आफुहरू बाचुन्जेल स्तुप खन्न नदिने नागबंशीको अटल विश्वासबाट प्रभावित भई सम्राट अशोकले नागबंशीसँग सम्बाद सिला बनाई स्तुप क्षेत्रमा राख्न लगाएको,ति नागबंशी तथा भिच्छुका लागि नजिकै बौद्ध विहार बनाई दिएको र स्नानका लागि पोखरीको निर्माण गर्न लगाएका थिए ।
बेलायतको दुरहाम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संलग्नतामा उत्खनन काम सुरु भएको छ । प्रविधिको प्रयोग गरी मानिसका शरिरका अस्तिको एक्स–रे गरे जस्तै गरी जमिनको स्क्यान गरेर तस्विर देखिए पछि एक्सरे पछि अप्रेसन गरिन्छ,त्यसै गरि जिओफिजिक्सले देखाएका तस्विरको आधारमा अब जमिन उत्खनन गरि अप्रेसन (खोज) कार्य शुरु गरिको टोलीको भनाई थियो । दुरहाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघम नेतृत्वको १० जनाको विज्ञ टोलीले उत्खननको काम गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?