© २०२३
बुटवल, ४ मंसिर ।
देवदह प्रेस क्लबको आयोजनामा प्रथम देवदह मिडिया कप २०८० हुने भएको छ । ‘स्वास्थ्य र स्वस्थ पत्रकारिताका लागि खेलकुद’ नारासहित मंसिर १४–१६ सम्म अहिलेसम्मकै सर्वाधिक राशीको मिडिया हाउसमा कार्यरत संचारकर्मीहरुका बिचमा सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता हुने भएको हो ।
पत्रकारहरु मानसिक र शारीरिक स्वस्थ्यप्रति सजग हुनुपर्छ भन्ने मान्यता विकास गर्न प्रतियोगिता गर्न लागेको आयोजक क्लबका अध्यक्ष विष्णु पोखरेलले बताए । पत्रकारको स्वस्थ्यसंगै स्वस्थ पत्रकारिताको लागि योगदानका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा योगदान हुने गरी कार्यक्रम गर्न लागेको उनले बताए । ‘मोफसलमा नै पहिलोपटक ठूलो राशीको फुटबल प्रतियोगिता गर्न लागेका छौ’—उनले भने ।
बुद्धमावली देवदहमा रहेका पर्यटकीय स्थलहरुको पहिचान हुने गरी पानबारी खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ३१ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्र पुरस्कृत गरिने उनले बताए ।
कार्यक्रममा सल्लाहकार राम बहादुर गुरुङ, पवन पौडेल, क्लबका उपाध्यक्ष कमला अर्यालले देवदह क्षेत्रमा रहेका पत्रकारहरुलाई संगठित गर्दै क्षमता विकास, सामाजिक गतिविधिमा संस्था अग्रसर रहेको बताए ।
क्लबका सचिव निर्मल थापाले ३ दिनसम्म संचालन हुने प्रतियोगितामा डेढ दर्जन टिमले भाग लिने अनुमान रहेको बताए । कुल १२ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । यसका लागि प्रायोजकहरुबाट साथ रहने आश्वाशन आएको उनले बताए ।
क्लबले पत्रकारिता तालिम, रक्तदान, पर्यटन विकासका लागि पत्रकार पदयात्रा, प्रथम देवदह मिडिया फेस्टिवल, ब्यावसायिक पत्रकारिता र श्रमजीवी पत्रकारहरुको सुरक्षा सवाल विषयक अन्तत्र्रिmया लगायतका कार्यक्रम गर्दै आएको छ ।