ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

स्वर्गद्वारीका गाई बचाउन पराल दान

आश्रमको नाममा एक हजार एकसय बिघा जग्गा भए पनि आयस्ता नउठ्दा गाईका लागि चाहिने घाँस, पराल दानको रूपमा सङ्कलन गर्ने गरिएको छ । देउखुरीका उद्योगी व्यवसायी, जनप्रतिनिधिले गाईलाई खुवाउने पराल हरेक बर्ष दानको रूपमा उपलब्ध गराउँदै आएका छन् ।
४ मंसिर २०८०, सोमबार
४ मंसिर २०८०, सोमबार

लमही, ४ मंसिर ।  स्वर्गद्वारी आश्रमको नाममा एक हजार एकसय बिघा जग्गा भए पनि आयस्ता नउठ्न सकेको छैन् । जसको कारण स्वगद्वारीमा पालिका गाईका लागि चाहिने घाँस, पराल दानको रूपमा संकलन गर्ने गरिएको छ । लुम्बिनी प्रदेशको प्रशिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा रहेको गौशालामा पालिएका गाईलाई वार्षिक एक हजार चारसय ट्याक्टर पराल आवश्यक पर्छ ।

यसैबीच दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरी सहित देउखुरी व्यवसायीका प्रतिनिधिहरूले स्वर्गद्वारी आश्रममा रहेका गाईका लागि पराल दान गरेका छन । देउखुरीका उद्योगी व्यवसायी, जनप्रतिनिधिले गाईलाई खुवाउने पराल हरेक बर्ष दानको रूपमा उपलब्ध गराउँदै आएका छन् । गौशालामा दैनिक पाँच क्विन्टल दाना समेत गाईलाई खर्च हुने गरेको छ । आश्रम स्थापना भएदेखि नै स्वर्गद्वारीमा गाई पालिंदैआएका छन् । स्वर्गद्वारी आश्रमको नाममा दाङ देउखुरीमा एक हजार एकसय बिघा जग्गा भए पनि त्यसबाट आयस्ता उठ्दैन । जसले गर्दा प्युठानको आश्रममा पालिएका झण्डै चारसय गाईका लागि खुवाउने घाँस, पराल, दाना दान मागेर पु¥याउनु परेको छ । हरेक वर्ष देउखुरीका युवाहरूले आश्रममा पालिएका गाईलाई खुवाउन पराल दाना दिँदैआएका छन् । यस वर्ष २४ ट्याक्टर पराल दान दिएको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलजंगसिंह ठकुरीले जानकारी दिए ।

स्वर्गद्वारीमा पालिएका गाईबाट प्राप्त हुने मलमूत्रलाई मलको रूपमा प्रयोग गरिदै आएको छ भने दुधलाई पञ्चामृतको रूपमा उपभोग गरिन्छ । अखण्ड यज्ञ चलाउन गाई अनिवार्य रूपमा पाल्नुपर्ने भएकाले अहिलेसम्म गाई पालिदैआएको हो । सशस्त्र द्वन्द्व सुरु हुनुभन्दा अघिसम्म आश्रमको नाममा रहेको जग्गाबाट आयस्तासँगै घाँस, पराल, भुसहरू संकलन हुँदैआएको थियो ।

द्वन्द्वपछि जग्गाहरू अतिक्रमणमा परेसँगै कुत बुझाउन छाडिएको छ । जसले गर्दा आश्रममा पालिएका गाई मात्र होइन, यज्ञको कर्म चलाउन पनि मुस्किल पर्नेगरेको छ । दान सहयोगबाट नै गौशलामा पालिएका गाईलाई घाँस, पराल, अखण्ड यज्ञलाई निरन्तरता दिइएको स्वर्गद्वारी आश्रमका कोठारी तामुप्रसाद न्यौपानेले जानकारी दिए। उनले भने, ‘आश्रमको नाममा रहेको जग्गाबाट कोत उठ्दैन अन्यत्र बाटै सहयोग दान जम्मा गरेर गाई पालेका छौं, यस्तै, सहयोगले आश्रमको पूजाआजादेखि गाईपालनलाई निरन्तरता दिँदै आएका छौ ।’
पराल लगेर स्वर्गद्वारी आश्रममा पुग्नुभएका दाङको लमही नगरपालिका नगरप्रमुख जोगराज चौधरीले तीन तहका सरकारबाट आश्रमको सहयोगसँगै यस्को निरन्तरताका लागि दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए ।
छाडिएको छ । जसले गर्दा आश्रममा पालिएका गाई मात्र होइन, यज्ञको कर्म चलाउन पनि मुस्किल पर्नेगरेको छ । दान सहयोगबाट नै गौशलामा पालिएका गाईलाई घाँस, पराल, अखण्ड यज्ञलाई निरन्तरता दिइएको स्वर्गद्वारी आश्रमका कोठारी तामुप्रसाद न्यौपानेले जानकारी दिए। उनले भने, ‘आश्रमको नाममा रहेको जग्गाबाट कोत उठ्दैन अन्यत्र बाटै सहयोग दान जम्मा गरेर गाई पालेका छौं, यस्तै, सहयोगले आश्रमको पूजाआजादेखि गाईपालनलाई निरन्तरता दिँदै आएका छौ ।’
पराल लगेर स्वर्गद्वारी आश्रममा पुगेका दाङको लमही नगरपालिका नगरप्रमुख चौधरीले तीन तहका सरकारबाट आश्रमको सहयोगसँगै यस्को निरन्तरताका लागि दीर्घकालीन योजना बनाउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?