ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

महिला टी-२० आई सिरिजमा नेपालको पहिलो जित, जापान ६७ रनले पराजित

२ मंसिर २०८०, शनिबार
२ मंसिर २०८०, शनिबार

काठमाडौँ ।

नेपालको घातक बलिङमा हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा पहिलो जित हासिल गरेको छ।

समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो। नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ४६ रन बनाउँदा अलआउट भयो।

जापानका लागि मेग ओगावाले बनाएको १७ रन नै सर्वाधिक रह्यो। सेइका सुमीले बनाएको १३ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

जापानलाई कम स्कोरमा रोक्न अस्मिना कर्माचार्य एक्लैले चार विकेट लिइन्। घातक बलिङ गरेकी उनले आफ्नो स्पेलमा मात्र १० रन दिइन्।

संगिता राईले ३ विकेट लिइन्। उनले ३ ओभरमा ५ रन खर्चिइन्। पूजा महतोले २ रन आफ्नो नाममा गरिन्। उनले ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन दिइन्।

वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको हो।

रुविना क्षेत्री बेलवासेले ३८ रनमा बोल्ड आउट भइन्। नेपालका लागि सर्वाधिक रन बनाएकी रुविना ३२ बलमा ५ चौका प्रहार गर्दा बोल्ड आउट भइन्।

ओपनर पूजा महतो १३ रन बनाउँदा एलबीडब्लू धरापमा परिन्। सीता राना मगर ९ रनमा बोल्ड आउट भइन्।

कप्तान इन्दु बर्मा २७ रनमा क्याच आउट भइन्। कप्तान इन्दु ३१ बलमा २ चौका हानिन्।

काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे। काजल ७ बलमा ३ चौका प्रहार गरिन्।

जापानविरुद्धको खेलबाट तीव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छन्। उनी लुम्बिनी प्रदेशबाट घरेलु प्रतियोगिता खेलिरहेकी थिइन्।

नेपाल र जापान अब तेस्रो स्थानका लागि आइतबार पुनः खेल्नेछन्।  समूह चरणको अन्तिम खेलमा जापानलाई हराएको नेपाल २ अंकसहित तेस्रो स्थानमा छ। तीन खेलमा पराजित जापान भने अंकविहीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?