© २०२३
आज मिति २०८० साल मार्गशीर्ष २ गते शनिबार। तदनुसार सन् २०२३ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४५। कार्तिक शुक्लपक्ष पन्चमी तिथि। उत्तरषाढा नक्षत्र। रक्ष योग। कौलब करण। धनु राशीमा चन्द्रमा ।
सूर्योदयः प्रातः ६.२८ / सूर्यास्तः १७.९ बजे।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
कार्यमा बाधा उत्पन्न हुनेछ । व्यवसायको क्षेत्रमा प्रतिस्पर्धी वातावरण रहनेछ। नयाँ काम गर्न प्रेरित हुनु हुनेछ। लेखन कार्यको लागि दिन शुभ रहला। महत्वपूर्ण निर्णय गर्नुपुर्व सल्लाह सुझाव लिएर गर्नु उत्तम रहनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
यात्रा हुने दिन रहेकोेछ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । आज सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ भने अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
यात्रा सोचेजस्तो फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
रमाइलो यात्राको योग रहेकोछ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरुबाट पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मनले चिताएका कामहरु पुराहुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ।अनावश्यकरुपमा धनक्षय हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्य राम्रो रहने छ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता पाइनेछ । पढाइमा सफलता प्राप्त होला । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
आश नगरेको धनलाभ हुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार बढ्ने देखिन्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष सफलता रहला ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी