© २०२३
बुटवल, १ मंसिर ।
बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी एफसीबीच यही मङ्सिर २ र ४ गते बुटवलस्थित एन्फा प्राविधिक केन्द्रमा मैत्रीपूर्ण खेल हुने भएको छ । खेल दिउँसो ३:०० बजे सुरु हुने छ। यस खेललाई दुवै टोलीले मङ्सिर ८ बाट काठमाडौंमा हुने नेपाल सुपर लिगअघिको प्रि-सिजन खेलको रुपमा खेल्न लागिएको हो।
बुटवल लुम्बिनी एफसीले विगत दुई सातादेखि रुपन्देहीको बुटवलमा एनएसएलको प्रशिक्षण गरिरहेको छ । धनगढी एफसी मङ्सिर १ गते बुटवल आईसकेको छ । क्लबहरूबीचको सम्बन्ध प्रगाढ बनाउन, र सम्बन्ध निर्माण गर्न मैत्रीपूर्ण खेल खेलाइँदैछ।
बुटवल लुम्बिनी फूट्बल क्लबले भविष्यमा होम एण्ड आवेको अवधारणाको प्रयास को लागि यस खेलेको आयोजना गर्न लागेको हो। यस सिजन फरक व्यवस्थापनमा रहेको बुटवल लुम्बिनी फूट्बल क्लबले आफ्नो सम्पूर्ण तयारी पुरा गरिसकेको छ। विदेशी र नेपाली खेलाडीको अनुबन्ध समेत सकिसकेको छ।
धनगढी एफसी गत सिजनको उपविजेता र भौगोलिक हिसाबले लुम्बिनी प्रदेशको नजिकको टोलि समेत हो । टोलीले यसअघि नेपाल सुपर लिग खेलेको छ र राम्रो ट्र्याक रेकर्ड छ। प्रतियोगितामा उपविजेता भएको टोलीले समूह चरण अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीसँग १–० ले पराजित भएको थियो।