© २०२३
आकाश सुवेदी
दिगाम (गुल्मी) २६ कात्तिक ।
‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ दिगाम युवा क्लब छत्रकोट ४ दिगाम गुल्मीले आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा स्टार युवा क्लव ११ चौतारा प्रथम भएको छ भने दिगाम युवा क्लव द्वितीय भएको छ । प्रतियोगिताको उपाधि बिजेता स्टार युवा क्लब ११ ले २५ हजार नगदसंगै ट्रफि र प्रमाणपत्र पाएको छ भने उपविजेता दिगाम युवा क्लवले १५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाएको छ ।
समापनको अवसरमा खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै छत्रकोट गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले स्थानीय स्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीलाई प्रोत्साहन र हौसला दुवै प्राप्त हुने बताइन् ।
उनले यस प्रकारका प्रतियोगिता आयोजना गर्न गाउँपालिकाले प्रोत्साहन दिदै जाने र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिन सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
खेल प्रतियोगिताभरी खेलाडीहरुलाई पानीको सौजन्य हरिकृष्ण सुवेदी (एचके) ले गरेका थिए । दिगाम युवा क्लवका अध्यक्ष किरण न्यौपानेले क्रिकेट प्रतियोगिताको समापन गर्दै खेलाडीहरुको क्षमता विकास गर्न यस्ता प्रतियोगिताहरु आगामी दिनमा पनि गर्दै जाने बताए । कार्यक्रममा प्रविन पन्थ र विक्रम न्यौपानेले पनि मन्तव्य व्यक्त गरेका थिए। कात्तिक २१ देखि सुरु भएको खेलको संयोजकमा अनुप थापा मगर रहेका थिए ।