© २०२३
बुटवल, २५ कार्तिक । अर्घाखाँची जिल्लामा नाचिने धार्मिक, ऐतिहासिक, सास्कृतिक नाचलाई प्रचारप्रसार र जगेर्ना गर्ने लक्ष्यसहित बुटवलमा प्रदर्शन भएको एक महिने अभियान शनिबार समापन गरिदै छ । शनिबार बुटवलमा प्रदर्शन गरिदै छ ।
भैरव नाचका संयोजक तथा नेवा समाज अर्घाखाँची–रुपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठले देशमा रहेका सबै जातजाती, धर्मसंस्कृतिको आफ्नै महत्व रहेको बताए । कलासंस्कृतिलाई जगेर्ना गर्दै पर्यटनसंग यसलाई जोड्ने गरि लाग्नुपर्ने उनले सुझाव दिए । विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने गरि आवश्यक पहल भैरहेको उनले बताए । शिवपुराणमा उल्लेख भएको पौराणिक नाचका रुपमा यो रहेको उनले बताए । रोगब्याधी अन्त्य गरि शान्तिको कामना गरि यो नृत्य प्रर्दशन गर्ने प्रचलन रहेको उनले बताए। संस्थागत रुपमा लाखे, बाघ र भैरव नाचजस्ता विशेष महत्वका नाचहरु संरक्षणको अभियान चलाउदै आएको उनले बताए ।
यसैबिच श्री नेवा सेवा समितिको आयोजनामा राजमार्ग चौराहामा भैरव नाच प्रदर्शन गरेको छ । एक समारोहका बिच उद्योगी तथा समाजसेवी नवराज श्रेष्ठले उद्घाटन गर्दै मानिसहरुक भाषा, संस्कृति र रहनसहजबाट पहिचान मिल्ने बताए । बुटवल पर्यटकिय सम्भावना बोकेको क्षेत्र भएको भन्दै हाम्रो धर्म संस्कृतिको संरक्षणसंगै यसलाई पर्यटनको पाटोसंग जोड्नुपर्ने उनले सुझाव दिए ।
श्री नेवा सेवा समितिको अध्यक्ष चिरञ्जीवी श्रेष्ठले लोपोन्मुख धर्मसंस्कृति जगेर्नामा आफुहरु निरन्तर लागेको बताए । जनजातिहरुको धेरै संस्कृति लोप हुँदै गईरहेको बेला यसलाई संरक्षण र जगेर्ना गर्ने उदेश्यका साथ गरिएका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० का वडासदस्य रमेश अधिकारी, समितिका सल्लाहकार मानकाजी श्रेष्ठ, समितिका उपाध्यक्ष डिल्ली कुमार श्रेष्ठ, महिला अध्यक्ष तारा श्रेष्ठ, सहसचिव लक्ष्मण श्रेष्ठले भैरवको मन्दिर निर्माण गर्ने पवित्र लक्ष्यका साथ कार्यक्रम गरिएको जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी