ट्रेंडिंग:

>> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस

अकालमै ज्यान लिन्छन् खोला

२५ कार्तिक २०८०, शनिबार
२५ कार्तिक २०८०, शनिबार

पाल्पा, २५ कार्तिक । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ । हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र अन्य समय खोलाको सिन लिएर तस्बिर खिच्चेहरू लडेर ज्यान गुमाउने गरेका छन् ।

भूतखोला पर्यटकका लागि आकर्षण स्थल भए पनि त्यसको उचित सुरक्षा प्रबन्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको छ । उक्त खोलामा आन्तरिक तथा बाÞय पर्यटकहरू बढी जाने र उनीहरूले नै अकालमा ज्यान गुमाउने गरेका छन् । यहाँ मंगलबार घुम्न आएका दुई जनाको अकालमै ज्यान गएको छ । भारत र रूपन्देहीबाट घुम्न आएका दुई जनाको खोलामा डुबेर मृत्यु भएको हो । भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुबेर मृत्यु भएको छ ।

मंगलबार साढे एक बजेको समयमा भारतको उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रविनको पाल्पाको तिनाउ गाउँपालिका–३ तिनाउ खोला स्थित ड्याममा डुबेर मृत्यु भएको हो । विद्यालयबाट शिक्षक सहित २०/२५ जनाको संख्यामा घुम्न आएकी प्रविन फोटो खिच्ने क्रममा अचानक चिप्लिन गई खोलामा डुबेकी थिइन् । उनको प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्वार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

यस्तै रूपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको भूतखोलमा डुबेर मृत्यु भएको छ । मंगलबार विहान रूपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का आचार्य तिनाउ गाउँपालिका–३ भुतखोलामा अचानक डुब्न पुगेका थिए । खोलामा डुबेका उनलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि बुटवल हस्पिटल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । आचार्यसँग सोही ठाउँकी २६ वर्षीया युना दाहाल पनि गएकी थिइन् । उनी पनि अचानक खोलामा डुब्न पुगेकी थिइन् । दाहालको भने बुटवल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको बुझिएको छ । घटानाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भूतखोलामा रहेको सानो झरना र निलो रङको पोखरीका कारण मानिस आकर्षित हुने गरेका छन् । यहाँको भूतखोला, ड्याम र तिनाउ खोलामा मात्र धेरैले ज्यान गुमाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?