© २०२३
लुम्बिनी, २५ कार्तिक । विश्व शान्तिको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा मोन्लाम पूजा गरिएको छ । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिर्दै धार्मिक रूपमा पुण्य संचय गर्न आयोजित ३ दिने मोन्लाम (प्राणिधान) पूजा सकिएको हो ।
पूजामा भूकम्पबाट घाईते पश्चिम नेपालको नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो । भगवान बुद्धका उपदेश पाठ गर्दै बोद्धिसत्व गरेकाको स्मरणमा गरिएको पूजाको महायान परम्परामा ठूलो महत्वको मानिन्छ । यस्तो पूजाआजाले लुम्बिनीको पर्यटन प्रबद्र्धनमा राम्रो टेवा दिने हुदा प्रोत्साहनको नीति बनाईएको लुम्बिनी विकास कोषले जनाएकोछ । भारतको बेंङलोर विहारका प्रमुख रिम्पोछें ख्यानछेन पेमाशेर्पाले लुम्बिनी आएर पूजा गराएका थिए ।
नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघद्वारा आयोजित पूजामा नेपाल र भारतका ३५ जना लामा गुरु र आनी सहभागी थिए । यस्ता पूजाले लुम्बिनीमा धार्मिक पर्यटकहरू आर्कषित हुने, बुद्धका उपदेश र सन्देश फैलने हुदा कोषले यस्ता पूजालाई प्राथमिकतामा राख्ने नीति लिएर अघि बढेको कोष उपाध्यक्ष डा. ल्यारक्याल लामाले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी