ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

चाडपर्व अफर सकिन लाग्दा लुम्बिनी केबलकारमा पर्यटकको चाप

जेठ १५ देखि कात्तिक १५ सम्म ५ महिनामा एक लाख २ हजार ७९ जनाले केबलकारको यात्रा गरेका कम्पनीले जनाएको छ ।
२४ कार्तिक २०८०, शुक्रबार
२४ कार्तिक २०८०, शुक्रबार

बुटवल,२४ कात्तिक । लुम्बिनी केबलकार लि.ले दशैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी ल्याएको चाडपर्व अफर सकिन लाग्दा पर्यटकको चाप बढ्दै गएको छ ।
असोज २१ गतेदेखि शनिबार वाहेकका दिनहरुमा लागु भएको यो अफरमा कात्तिक २३ गतेसम्म २५ हजार ७ सय ७७ जनाले केबलकार चढेको कम्पनीले जनाएको छ ।
साविक ७५० रुपैयांको टिकट दरमा ४० प्रतिशत छुट दिई टिकटदर ४ सय ५० रूपैयां कायम भएपछि चाडपर्वको विदामा परिवारसहित केबलकार चढ्ने संख्या बढेको अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।
टिकट दरमा छुटसँगै केबलकारको टप स्टेसनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा पनि कम्पनीले १० प्रतिशत छुट दिएको छ । अफरको फाइदा उठाउंदै एकै दिन तीन हजार ५ सय जनासम्म केबलकार चढेका सैजूले बताए । खासगरी स्कूल,कलेज,संघसंसस्थाबाट समूहमा केबलकार चढ्न आउने गरेको उनको भनाई छ ।
‘चाडपर्वका अवसरमा सर्वसाधारणलाई परिवारसहित सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्षदेखि पुजा हुंदै आएको दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले ल्याइएको अफरमा आन्तरिक र वाह्य पर्यटकको उत्साहजनक उपस्थिति भइरहेको छ’– केबलकारका अपरेसन म्यानेजर सैँजूले भने–‘अफर मंसिर ३ गते छठसम्म मात्रै बांकी रहेकाले यो अवसरको फाइदा सबैले उठाउन् भन्ने हाम्रो आग्रह छ ।’
आइएमई ग्रुपको मुख्य हिस्सा र स्थानीयको समेत कूल पाँच अर्ब लागतको केबलकार गत जेठ १५ देखि सञ्चालनमा आएको थियो । जेठ १५ देखि कात्तिक १५ सम्म ५ महिनामा एक लाख २ हजार ७९ जनाले केबलकारको यात्रा गरेका कम्पनीले जनाएको छ । तर क्षमता अनुसार ५ महिनामा ४ लाख पर्यटकलाई केबलकार चढाउन सकिन्थ्यो ।
टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिरको दर्शन गर्न नेपालसहित भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन् । प्रख्यात शक्तिपीठ कामाख्या देवीको दर्शनले श्रद्धालु भक्तजनका मनोकामना पूरा हुने र दुख एवं संकट मोचन हुने धार्मिक विश्वास छ ।
कम्पनीले टप स्टेसनमा ४० लाख लागतमा जिप लाइन सञ्चालनमा ल्याइसकेको छ । स्वच्छ र शान्त वातावरणको बसन्तपुरबाट बुटवलसहित भैरहवासम्म र हिमालको दृश्यावलोकन गर्न पाइने हिल स्टेशन भएकाले जीपलाइन भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ । यस्तै साढे ३ अर्ब लगानीमा १५० कोठा,एक हजार जना क्षमताको ब्याङक्वेट हल, क्यासिनो र स्वीमिङ पूल सहित पांचतारे होटेल पनि बनाउने तयारी छ ।
करिब सय जनालाई रोजगारी दिएको केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिने गरेको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँट गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?