© २०२३
सल्यान, २२ कार्तिक । जाजरकोट केन्द्रविन्दु भएर आएको भुकम्पले सल्यानमा पनि ठूलो संख्यामा भौतिक क्षती देखिएको छ । बिशेश गरि जिल्लाको दार्मा गाउँपालिकामा ७५० बढी घरमा क्षती गरेको गाउँपालिकाको तथ्यांकमा देखिन्छ । सल्यानका भुकम्प पिडितहरूको तत्कालको बसाइ व्यवस्थापन एवम पुनर्स्थापनाका सन्दर्भमा प्रभावित क्षेत्रमा नै जिल्ला व्यवस्थापन समितिको बैठक बसेको छ ।
बैठकमा भुकम्प प्रभावित क्षेत्र दार्मा पुगेका नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्ती प्रकाश ज्वाला, कर्णाली प्रदेश सरकारका भुमी, व्यवस्था तथा सहकारी व्यवस्था मन्त्री भिम प्रकाश शर्मा, प्रदेशसभा सदस्य सुरेश अधिकारी लगायत पनि सहभागी भएका थिए । दार्मा ५,२,१ र ६ का अधिकांश घरहरूमा बस्न नमिल्ने गरि क्षती पुगेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जनाए । उनका अनुसार १५९ घरहरू पुर्णरूपमा भत्कीएका छन् भने ६१५ घरमा पनि बस्न नमिल्नेगरी क्षती भएको छ । केसीले आफ्नो पालिकामा दुई हजार ४९७ नागरिक प्रत्येक्ष प्रभावित भएको जनाए ।
प्रमुख जिल्ला अधिकारि तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक वेद प्रसाद खरेलका अनुसार सल्यानमा हाल सम्म भुकम्पको कारण क्षती भएको छ । यस विवरणमा दुई वटा घर बागचौर नगरपालिकाका हुन भने बाँकी क्षती भएका सबै घर दार्मा गाउँपालिकाका हुन । छत्रेश्वरिको १ दमाचौरमा पनि घरमा क्षती पुगेको छ । यस्तै सिद्धकुमाख, कुमाख लगायतका गाउँपालिकामा पनि घरहरूमा क्षती पुगेको बताइएको छ ।
गाउँपालिकाले भुकम्प पिडितहरूलाइ राहत वितरण पनि सुरु गरेको छ । सल्यान र रुकुम जिल्ला विपद व्यवस्थापन समिती, नेपाल रेडक्रस, युनिसेफ, दार्मा गाउँपालिका, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लगायतका निकायले केही परिमाणमा त्रीपाल, कम्बल, टनेल, टेण्ट, पि फर्म लगायतका राहत सामग्री उपलब्ध गराएका छन् । दार्मा गाउँपालिका वडा नम्बर ६ का भुमिका शाही मल्ल र उनका छोरा दिपसन मल्लको रुकुम पश्चिममा भुकम्पमा परेर ज्यान गएको थियो ।