ट्रेंडिंग:

>> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए

नैतिकताबाट टाढिंदै आजको मान्छे

२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

आजको मान्छे नैतिकताबाट टाढिंदै गएको छ । व्यभिचार, छल, कपट, चोरी डकैतीमा मानिस बढी रमाउन थालेको छ । मानिसले नैतिकता भन्ने कुरा नै भुलेको छ । कुनै पनि सभ्य नागरिकको पहिचान भनेको नैतिकता भनेर स्वीकार गरिए तापनि आज त्यही नैतिकता विहीन अवस्थामा मानव समुदाय पुग्न लागेको होकी भन्ने चिन्ता व्याप्त छ । त्यसैले पनि नैतिक शिक्षा आजको आवश्यकता जस्तै भएको छ ।

नैतिक शिक्षा प्राप्त गर्ने मुख्य थलो विद्यालय र घरपरिवार हो । वास्तवमा नैतिक शिक्षा लिनु जीवनको तेस्रो नेत्र खोल्नुजस्तै हो । शिक्षा कोक्रोबाट सुरु भएर चितामा अन्त्य हुन्छ त्यसैले नैतिक ज्ञानले सुमार्गमा डो¥याउँछ । मान्छेलाई लोभ, अहङ्कार, खिचातानी जस्ता अनेकन दलदले हिलोमा पनि स्वच्छ कमलझैँ शोभायमान हुन सिकाउँछ । युग बदलिन्छ, आवश्यकता बदलिन्छ, समाजको आकांक्षा बदलिन्छ तर मानिसका लागि सुखको आवश्यकता र खुसीको चाहना कहिल्यै बदलिँदैन । यसर्थ आजका पुस्तामा नैतिकताको बिजारोपण गरिनु अति आवश्यक छ । त्यो बीजमा घामपानी, माटो, गोडमेल अनि उचित स्याहारको खाँचो छ । भोलिको भविष्यको बागडोर सुम्पने युवा पुस्तामा नैतिकताको सन्देश हस्तान्तरण गरिनु निकै चुनौतीपूर्ण देखिए पनि आवश्यक छ ।

‘नीति र इक’ मिलेर बनेको नैतिक शब्दसँग मितेरी गाँस्न पुगेको पवित्र ‘शिक्षा’ शब्दभित्र जीवनको जादु छ । आदर्श भावनाको एक अपरिमेय ज्ञानपुञ्ज पुष्पित छ । यही पुष्पगुच्छाभित्र मानिसले खोजेको सुख पनि त छ । गङ्गाझैँ पावन पवनले हृदयको कल्मष धुने खुबी राखेजस्तै पवित्र हुन्छ– नैतिक शिक्षा । मानिसलाई मानिसकै स्वरूपमा बाँच्न सिकाउने आधार । जीवन र जगतको व्यावहारिक सार्थकता पढाउने अनि समृद्धिका सोपानमा चढाउने भ¥याङ पनि हो नैतिक शिक्षा । श्रवणकुमारका कथा किन प्रिय हुन्छन्, बुद्धका सन्देश किन मननीय हुन्छन्, सीताको आदर्श र रामको कथामा किन व्यक्तिस्वार्थ तुच्छ हुन्छ किनकि त्यहाँ नैतिकता छ । ’असतोमा सत् गमय’को भाव छ । ’तमसोमा ज्योतिर्गमय’को चिन्तन छ । जीवन र जगतको सान्दर्भिकताभित्र मानवताको सुन्दर उपवन त्यहाँ मग्मगाउँदो अनि हर्हराउदो हुनुपर्छ ।

जहाँ नैतिकता प्रबल देखिनु पर्ने हो त्यस ठाउँमा नैतिकताको नै अभाव खड्किएको जस्तो देखिन्छ । विद्यालयलाई शिक्षाको मन्दिर भनिन्छ तर त्यही मन्दिर भित्र गैर जिम्मेबार, कमिसन, भ्रष्टाचार, ढिलासुस्ति, कामचोर प्रवृत्ति, अराजकता, नातावादकृपावाद, पार्टीबाद, परिवारवाद, व्यक्तिवाद, जातीवाद र अतिवाद समेतको अखडा बनाइएको छ । यो अत्यन्त दुखद् हो । छोराछोरीको भविष्य उज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो । यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन् । हाम्रो वर्तमान शिक्षाप्रणालीले कारिन्दाभन्दा ठालु र बाबु–साहेव उत्पादन गरिरहेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा डिग्री पास गरेको भोलि पल्टैदेखि उसले आफ्नै खुट्टामा उभिएर काम गर्नसक्ने हुनुपर्ने हो । प्राविधिक–व्यावहारिक ज्ञानवाला शिक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ ।

यसप्रकारको शिक्षामा सीप र दक्षतालाई नै बढी जोड दिइएको हुन्छ । तर हाम्रो शिक्षाले सामाजिक संस्कार, त्यसको मर्म र भावनासँग मेल खाएको देखिदैन । पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन । व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन । असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ । तर आजको हाम्रो शिक्षाले त्यो गरेको देखिदैन । पहिले पहिले शिक्षामा व्यक्तिको नैतिक मूल्य–मान्यता, इमान्दारिता, सहिष्णुता र कर्तव्यजस्ता विषयलाई प्राथमिकतामा राखिन्थ्यो । यसर्थ पहिलेका बहुसंख्यक मानिस तेजिला, कर्तव्यपरायण, नैतिकवान र इमान्दार हुने गर्दथे । तर आजको शिक्षा प्रणालीको परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यमा जोड्नेतर्फ ध्यान गएको देखिँदैन । नैतिक शिक्षाको अभावकै कारण देशमा अहिले गुण्डागर्दी, तोडफोड, प्राकृतिक सम्पदाहरूको अवैज्ञानिक दोहन र संस्थागत भ्रष्टाचार फस्टाउँदै आएको छ । नैतिक शिक्षा कमजोर भएको अवस्थामा स्वच्छ परिवार, स्वच्छ समाज र स्वच्छ देशको परिकल्पना नै गर्न सकिँदैन । तसर्थ सभ्य, सु–संस्कृत र समृद्ध समाज र देश निर्माणका लागि नैतिक शिक्षामा जोड दिनु आजको आवश्यकता हो । आधुनिकताका नाममा प्राचीन तथा पुराना शिक्षा पद्धतिलाई बिर्सिंदा शैक्षिक उपलब्धि धेरैजस्तो देखिए तापनि गुणात्मक रूपमा त्यो उपलब्धिले खासै महत्व नराख्ने निश्चित छ ।

नैतिक शिक्षाले हामीलाई यथार्थको द्वारसम्म पुर्याउँछ । नैतिक शिक्षाले यही अन्तर्दृष्टि वा आत्म ज्ञान प्राप्तिका लागि साधनहरूको खोजी गर्दछ र आन्तरिक ज्ञान प्राप्तिको लागि मानवलाई प्रेरणा दिने काम गर्दछ । अतः शिक्षालाई नैतिक, सस्कारयुक्त र मानव मूल्य, मान्यतालाई प्रवर्द्धन गर्न सकिने गरि विकास गरिनु आवश्यक छ । यसको लागि संघ, प्रदेश तथा स्थानीय तह सवैको ध्यान जान आवश्यक छ जसले यान्त्रिकीकरण हुदै गरेको नेपाली समाजलाई थोरै भएपनि मानवमूल्ययुक्त, नैतिक र संस्कारयुक्त बनाई राख्न सहयोग पुग्दछ । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?