© २०२३
बर्दघाट, २० कार्तिक । सुपर ओभरमा कमजोर प्रदर्शन गरेसँगै नेपाल आइ सि सि टि ट्वान्टी विश्वकप छनौट एशिया क्षेत्रको उपाधिबाट चुकेको छ । निर्धारित २० ओभरमा जितका लागि नेपालले राखेको १ सय ८५ रनको लक्ष्य पच्छाउने क्रममा ओमानले १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पहिले ब्याटिङ्ग गरेको ओमानले २१ रन जोडेको थियो । २२ रनको लक्ष्य पाएको नेपाल मात्र १० रन बनाउँदै उप–विजेतामा सिमित रह्यो ।
निर्धारित २० ओभरको खेलमा लक्ष्य पच्छाएको ओमनका लागि कश्यप प्रजापतिले ५२ बलमा ६३ रन बनाउँदै अर्धसतकिय पारी खेले । उनी अभिनाष बोहोराको बलमा रोहित पौडेलद्धारा बाउन्ड्री लाइनमै समातिएका थिए । ओपनर ब्याटसम्यान प्रतिक अथाभले मात्र ७ रनमा पवेलिएन फर्केका थिए । प्रजापति र इल्यासले ६७ रनको साझेदारी गरे । कप्तान जिसन मक्सुदले २६ रनको योगदान गरेका थिए । निकै आक्रमक खेलेका इकियाव इल्यासलाई सुन्दिप जोराले गुलशन झाको बलमा प्वाइन्ट कभरमा आउट गरेपछि टिम डगमगाएको थियो । इल्यासले १९ बलमा ३३ रन जोडेका थिए । ओमानको लागि पुछारतिर ब्याटिङ्ग गर्न आएका मोहम्मद नदिमले ९ बलमा २४ रन जोडदै समान स्कोर बनाउन महत्वपुर्ण योगदान गरेका थिए ।
नेपालका लागि सन्दिप लामिछाने र करण के.शी ले समान २–२ विकेट लिएका थिए । यस्तै सोमपाल कामी, गुलशन झा, विवेक यादव र अभिनास बोहोराले समान १–१ विकेट लिएका थिए । यसअघि टस जिती ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको बिशाल रनस्कोर खडा गरेको थियो । नेपालका लागि मध्यक्रमका गुलशन झा र कप्तान रोहित पौडेलले अर्धसतकिय पारी खेलेका थिए । झा आक्रमक ब्याटिङ्ग गर्दै २५ बलमा ५४ रनको योगदान गरे, यस्तै पौडेलले ३७ बलमा ५२ रन बनाउँदै नटआउट रहे ।
सुरुवाती ब्याटस्म्यान आशिफ शेख ६ रन बनाउँदै सस्तैमा आउट भएपनि कुशल भुर्तेलले गतिलो सुरुवात दिलाएका थिए । भुर्तेल ३१ रनमा आउट भए । सन्दिप जोरा १०, कुशल मल्ल ३ र विवेक यादब मात्र १ रनमा आउट भएका थिए । यादव आउट भएपछि मैदान प्रवेश गरेका करन के.शी.मात्र ६ रन खेल्दै अविजित २० रन बनाए । ओमानका लागि विलाल खानले ३ विकेट लिएका थिए ।
यस्तै अकिव इल्यासले २ र जिसन मक्सुदले १ विकेट लिएका थिए ।
निर्धारित ओभरमा दुबै टोलीले समान १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरम गएको थियो । सुपर ओभरमा नेपालको तर्फबाट बलिङ्ग गरेका अभिनास बोहोराको ३ वटा फुलटसमा नसिम खुसीले ३ छक्का प्रहार गरेका थिए । ओमानले नेपाललाई २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालको तर्फबाट ब्याटिङ्ग गर्न उत्रेका कुशल भुर्तेल पहिलो बलमै आउट भए । कुशल मल्लले २ चौका प्रहार गरे पनि जितको लागि अपुग रह्यो । नेपालले मात्र १० रन जोडन सकेको थियो । उत्कृष्ट प्रदर्शन गरेका ओमानका कश्यप प्रजापती प्लेयर अफ दि म्याच चुनिए भने प्रतियोगिताभर १० विकेट लिँदै १०६ रन बनाएका ओमानका अलराउण्डर अक्युव इल्यास प्लेयर अफ द सिरिज चुनिएका थिए । कुल ८ टिम सम्मिलित छनौट प्रतियोगिताबाट नेपाल र ओमान विश्वकपका लागि छनौट भइसकेका छन । प्रतियोगिताको एकै समुहमा रहेका नेपाल र ओमान छनौट भएका हुन ।