ट्रेंडिंग:

>> दाङका १० पालिकाको समन्वयात्मक बैठक : असल अभ्यासका बारेमा जानकारी >> लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ मा ग्याँस सिलिण्डर र चुलो वितरण >> शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचानका लागि वक्तृत्वकला >> हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते >> चिनिया राष्ट्रपतिकाे घोषणा: नेपाललाई ९ अर्ब अनुदान >> राैतहटमा पनि गढीमाइ मेला, कावा प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन >> ताजमहललाई बमले उडाउने धम्की, बढाइयो सुरक्षा >> एनपीएलमा पोखरा पराजित, चितवनले मारयाे बाजी >> नेप्से परिसूचक ०.६४ प्रतिशतले बृद्दी >> मानवअधिकार तथा शान्ति समाज रुपन्देही द्वारा नेपाल अपाङ्ग आश्रममा सहयोग  >> इजरायलका मस्जिदमा स्पिकर बजाउन प्रतिबन्ध >> दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने आदेश, साइबर अपराध मुद्दामा अनुसन्धान जारी >> प्रधानमन्त्री ओली बेइजिङमा उत्रिरहेको बेला बिआरआइको चौथों गोष्ठी, सि जिनपिङले के भने त ? >> विषादीको प्रयोग बढ्यो >> कतार एअरवेजले रोक्यो भैरहवाबाट उडान, थप अनुमतिबारे अन्यौल >> रवि बोपाराको अर्धशतकको मदतमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको >> प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटबार्ता >> एनपीएलको दोस्रो खेल, चितवन विरुद्ध पोखराले टस जित्यो >> पत्रकार महासङ्घको निर्वाचन मंसीर २८ गते (कार्यतालिकासहित) >> यी हुन् नेपाल र चीन बिच भएका ९ बुदेँ समझदारी >> सहकारी ठगी आरोपमा पूर्व गृहमन्त्री रवि लामिछाने बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगिए >> फाईनलमा २० प्रतिस्प्रर्धी >> सुदुरपश्चिमसँग बिराटनगर ९० रनले पराजित, बिराटनगरको दोस्रो हार >> चीनमा प्रधानमन्त्री (फोटोफिचर) >> नेपाल र चीनबीच ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर >> धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास >> पाकिस्तानमा सुन्नी र सियाबिचको झडप, १३० बढीको मृत्यु >> सुनको मूल्य १ हजारले बृद्दी >> रास्वपा सभापति लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी >> होटल पौवा र एति एअरबीच सम्झौता >> १५औँ कपिलवस्तु महोत्सवको तयारी पुरा >> किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा बिस्तार >> बन्द बाकसमा नेपालीको शव कहिलेसम्म ? >> रवि लामिछानेलाई पठाइयो पोखरा >> दीगोपन हुने परियोजनामा काम गरौं — नगरप्रमुख पाण्डेय >> प्रधानमन्त्री ओलीले आज चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने >> जनतालाई गुमराहमा नराखियोस् >> जहाँ भयो ‘निजी क्याम्पस मर्ज’ >> सिमेन्ट उद्योग नै वन अतिक्रमणमाः सरकार नै नदेखे झैं गर्छ >> घरघरमा खानेपानी पुगेपछि स्थानीय खुसी >> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा

त्रासमा भूकम्पपीडितः घर देखेरै डराउँछन्

१९ कार्तिक २०८०, आईतवार
१९ कार्तिक २०८०, आईतवार

सुर्खेत, १९ कात्तिक ।

भुकम्पले घर चर्किएपछि जाजरकोट भेरी नगरपालिकाका गणेश खत्री घरभित्र छिर्न डराउँछन् ।

उनी भुकम्प गएयता भत्किएको घरको अगाडि पट्टिको सडक छेउँमा सुतेर रात बिताए । भएको सामान जति घरमै पुरिएको छ । सामान निकाल्न जान उनलाई डर लाग्छ । शुक्रबार राति भुइँचालो जाँदा उनको घरको आधा भाग पूर्ण रूपमा क्षति भएको छ तर, उनी सुतेको कोठा भने भत्किएन ।

‘मेरो कोठामा भएको सामान निकाल्न जानपनि डर छ, मान्छे चढ्ने बित्तिकै भत्किएला जस्तो गरी चर्किएको छ,’ उनले भने, ‘सडक र चौरमै भएपनि सुतेर रात बितायौ ।’

भेरी नगरपालिका–३ कै जगत विकको सात जनाको परिवार पनि शनिबार सडक छेउँमै रात बिताए । घरभित्र गए फेरि घर भत्किएर मरिन्छ भन्ने मानसिकतामा छन् यो परिवार ।

उक्त गाउँका सुशिला खत्रीको छ जनाको परिवारले पनि सडक छेउँमै शनिबारदेखि रात बिताउँदै आएको छ ।

उनीहरू जस्तै जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितहरू आफ्ना चर्किएका घरहरू भन्दा बाहिर सडक छेउँ र खुल्ला चौरमा रात बिताउँदै आएका छन् ।

भुकम्पले अधिकांश घर भत्किएका कारण यहाँका स्थानीय घर भन्नेबित्तिकै डराउने गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष विरबहादुर गिरीले बताए । ‘घर भन्नेबित्तिकै सुरक्षित स्थान हो तर, यहाँ त्रासको वातावरण छ’ उनी भन्छन्, ‘सुरक्षित हुन मानिसहरु घरमा आउँछन् तर, घर देखेरै नागरिकहरु भाग्छन् ।’

भुकम्पको मुख्य केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकाका अधिकांश घरहरुमा क्षति भएको गाउँपालिकाका अध्यक्ष गिरीले बताए । ‘यहाँका शत प्रतिशत घरहरुमा नै क्षति पुगेको छ । धेरैजसो घरहरु ढलेका छन् केही भएका घरहरु समेत बस्न मिल्ने अवस्थामा छैनन्’ उनी भन्छन्, ‘यहाँ सबैभन्दा मुख्य समस्या भनेको पुननिर्माणको रहेको छ, सरोकारवाला सबै निकाय पुननिर्माणको लागि अघि बढ्न आवश्यक रहेको छ ।’ यस पालिकामा मात्र एक हजार परिवार विस्थापित रहेको उनले बताए । अहिले मुख्य समस्या भनेको विस्थापित परिवारलाई सुरक्षित कसरी राख्ने भन्ने रहेको गिरीले बताए । उनले राहत एकद्वार प्रणालीमार्फत आउनुपर्ने बताउँछन् ।

शुक्रबार मध्यराति ११ः४७ बजे गएको भूकम्पले जाजरकोटको बारेकोट गाउँपालिकाका अधिकांश घरहरू क्षत विक्षत छन् । मध्यरातमा ६.४ म्याग्नेच्युटको शक्तिशाली भूकम्पले बारेकोट–१ लाई केन्द्रबिन्दु बनाए पनि त्यहाँ कुनै मानवीय क्षति भने भएन । दिनभर जसोतसो बसे पनि साँझ पर्दै गएपछि भूकम्प प्रभावितहरू हतास देखिएको अध्यक्ष गिरी बताउँछन् । ‘अवस्था अत्यन्त भयानक बनेको छ, मानिसहरू बारीका पाटामा र रूखका फेदमा आश्रय लिएर बसेका छन्,’ अध्यक्ष गिरीले भने । चिसो बढेका कारण भूकम्प प्रभावितहरूको व्यवस्थापनमा कठिनाइ भइरहेको उनले बताए । प्राप्त राहतहरु व्यवस्थापन भइरहेको उनले जनाए ।

मध्यरातमा आएको भूकम्पमा परी जाजरकोटका १०५ जनाले ज्यान गुमाएका छन् भने रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । भूकम्पका कारण दुई जिल्लाका हजारौं नागरिक सडकमा आश्रय लिन बाध्य छन् । भुकम्पमा परी डेढ सय बढी नागरिक घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?