© २०२३
राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभाग अन्तरगत रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आज र भोली शुक्रवार देशैभरी एकैसाथ संचालन भएको छ । आफ्ना बालबालिकाहरूलाई तोकिएअनुसार भिटामिन ए र जुकाको औषधी खुवाउन नजिकको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सामुदायीक महिला स्वास्थ्य स्वयंसेविकाहरूसंग सम्पर्क गरी अनिबार्य रूपमा सेवन गराऔं । आफ्ना बालबालिकालाई यो अभियानमा नछुटाऔं । ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई भिटामिन एको क्याप्सुल र जुकाको औषधी खुवाउन नभुलौं ।
यो अभियानले बच्चालाई कमजोरी हुनबाट बचाउँछ । लुलो लङ्गडोको साथै असक्त हुनबाट बचाउनुका साथै अरू रोगसंग लड्ने क्षमता पनि बढाउँदछ । रतन्धो जस्तो घातक रोग हुनबाट समेत बचाउँछ । त्यसैले आफ्ना बालबालिकाहरूलाई निशुल्करूपमा उपलब्ध भएको यो औषधी सेबन गराउने कार्यमा अनिवार्य रूपमा सहभागी बनौं । भिटामिन ए को कमीको रोकथाम तथा नियन्त्रण कार्यक्रमको लागि हरेक सुचिकृत स्वास्थ्य स्ांस्थाहरूले सामुदायीक महिला स्वास्थ्य स्वयमसेविकाहरूद्वारा बर्षको दुईपटक कार्तिक र बैशाख महिनामा भिटामिन ए को क्याप्सुल खुवाईन्छ । जसमा ६ देखी ११ महिनाका लागि एकलाख आई.यु.र १२ महिनादेखि ५९ महिना सम्मकालागि दुईलाख आई.यु.खुवाउनु पर्दछ । साथै दादुरा, कडा कुपोषण, दिर्घ झाडापखाला र भिटामिन ए को कमीबाट हुने आँखा सम्बन्धि रोगहरूको लागी पनि स्वास्थ्य संस्थाहरूबाट भिटामिन ए को क्याप्सुलद्वारा उपचार गरिन्छ । त्यसैगरी शिशुलाई स्तनपानमार्फत भिटामिन ए को आपुर्ति गर्ने उद्देश्यले सुत्केरी महिलाहरूलाई शिशु जन्मेको ६ हप्ताभित्र स्वास्थ्य संस्था तथा सामुदायीक महिला स्वास्थ्य स्वयमसेविकाहरूबाट एक क्याप्सुल दुईलाख आई.यु.भिटामिन ए खुवाईन्छ । साथ साथै परजिबी नियन्त्रण कार्यक्रम अन्तर्गत जन्मेदेखि १ बर्ष उमेरसम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाईदैन भने १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरूलाई सामुदायीक महिला स्वास्थ्य स्वयमसेबिकामार्फत अर्धबार्षिक रूपमा कार्तीक र बैशाख महिनामा जुकाको औषधिअल्बेन्डाजोल ४०० मिलिग्राम एक मात्रा खुवाउने जसमा १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाका लागि २०० मिलिग्राम र २४ महिनादेखि ५९ महिनासम्मका बालबालिकाका लागि ४०० मिलिग्राम खुवाईन्छ । बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्र्तगत बिद्यालय जाने बालबालिकाहरूलाई अर्धबार्षीक रूपमा जेठ र मंसिर महिनाको पहिलो हप्तामा जुकाको औषधी अल्बेन्डाजोल ४०० मिलिग्राम एकमात्रा खुवाउने चलन छ र सोही अनुसार सहभागी गराई खुवाउनु पर्दछ । त्यसैले यो कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम भएको हुनाले यसलाई अभियानकै रूपमा सन्चालनमा ल्याईएको पाईन्छ ।
के हो त भिटामिन ए :
ब्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी राम्रोसंग कार्य गर्न थोरै मात्रामा चाहिने तर शरीरलाई नभै नहुने शुक्ष्मपोषक तत्वको रूपमा मानिने रासायनिक पदार्थलाई भिटामिन भनिन्छ । भिटामिन ए ले शरीरलाई बिभिन्न किसिमका संक्रमण रोकथाम गर्दछ । आँखालाई स्वस्थ राख्दछ । बालबालिकाको बृद्वि विकासमा महत्वपूर्ण सहायता गर्दछ । यो आमाको बिगौति दुध, सिङ्गो माछा, जनावरको दुध, हरिया सागपात, कर्कलो, जनावरको कलेजो र किड्नी, अन्डा, पंहेला फलफुल, तरकारी, फर्सी, मेवा आदीमा श्रोतको रूपमा पाईन्छ भने तयारी क्याप्सुलको रूपमा बिभिन्न मात्रामा सुरक्षित साथ तयार पारिएको हुन्छ । त्यसैले यसलाई अत्यन्तै महत्वपूर्ण र स्वस्थबद्र्वक पोषक तत्वको रूपमा मानिएको छ ।
यसरी नेपाल सरकारबाट निशुल्करूपमा बितरण गरिएका यी महत्वपूर्ण स्वास्थ्य सम्बन्धि अभियानका कार्यक्रमहरूलाई आ– आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बालबालिकाले प्राप्त गर्ने समय अबधिका आधारमा अनिवार्य रूपमा गएर बालबालिकाहरूलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरूबाट बचाउनको लागी औषधि सेवन गराउनु हरेक बाबाआमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ । साथसाथै यही मिति २०८० कार्तिक १७ र १८ गते संचालित हुने भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रममा सबै सहभागी भई भब्यताका साथ सफल पारौं । प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पुर्ण सरोकारवालाहरू, शिक्षक शिक्षिकाहरू, साम«दायिक महिला स्वास्थ्य स्वयंसेबिका, राज्यका तिनै तहका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्यता रहेमामात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं । आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं ।