© २०२३
नवलपुर, १५ कात्तिक ।
गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई पयंटन क्षेत्रको हबका रुपमा बिकास गरिने र त्यसका लागि प्रदेश सरकारले आबश्यक कार्य थालेको बताएका छन् ।
गण्डकी प्रदेश भरिका पर्यटकीय सम्भावना बोकेका स्थलहरु र त्यसको प्रचार प्रसार संगै पर्यटन क्षेत्रको हरेक कार्यमा प्रदेश सरकारले सबै किसिमका श्रोतहरु परिचालन गरेर पर्यटन क्षेत्रको बिकास गर्ने गरी योजना ल्याएको उनले बताए ।
देवचुली पर्यटन सप्ताहा को आज देवचुलीको र्कीतिपुरमा आयोजित महोत्सवको उदघाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । उनले पर्यटनको दिगो विकास बिना मुलुकको विकास असम्भव भएकाले पनि पर्यटन नेपालको विकासको एक हिस्सा भएकोमा जोड दिदै गण्डकी सरकारले नवलपरासी पुर्वको पर्यटनका सम्भावनाको खोजी गरी आबश्यक सबै सहयोग पुर्याउने दृढता ब्यक्त गरेका छन् ।
पर्यटनको बिकास अझ गण्डकी पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले पनि यहाँको विकास पर्यटन सँगै जोडिएकाले सरकारले पर्यटनको विकासलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट पारका छन् ।
आजबाट शुरु भएको देवचुली सप्ताहा २१ गते सम्म चल्ने आयोजक देवचुली जेसीजले जनाएको छ । यसैगरी मुख्यमन्त्री पाण्डेले आजै कृषि भूमि ब्यबस्था मन्त्रालय र कृषि ज्ञान केन्द्र नवलपुरले आयोजना गरेको कृषक तथा सरोकारवालाहरुलाई समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवद्र्धन सम्बन्धी आभिमुखीकरण कार्यक्रमको कावासोतीमा उदघाटन गर्दै बाँझो जगाको उपयोग गर्ने नीति गण्डकी सरकारले अघि बढाएको बताए ।
उनले बिदेश पलायन रोक्न सके र बाँझो जग्गा को सदुपयोग गरी उत्पादन तर्फ अग्रसर बनाउन बिशेष गरी युवा जनशक्तिलाई सकियो भने मात्र पनि कृषि क्षेत्रको बिकासमा टेवा पुग्ने बताए ।
मुख्यमन्त्री पाण्डेले कृषि क्षेत्रको बिकासबाट मात्रै मुलुकको बिकास अघि बढने भएकाले यसको समुचित बिकासमा बिदेश पलायन हुने निित रोक्न सक्नुपर्ने र आधुनिक कृषि प्रणाली तर्फ आकर्षण गर्ने योजना ल्याउने गरी प्रदेश सरकार अघि बढेको बताए ।
कृषि भूमि ब्यबस्था मन्त्री महेन्द्रध्वज जिसीले कृषि क्षेत्रको बिकास बिना नेपालको बिकास अघि बढन नसक्ने बताउँदै गण्डकी सरकारले आफनो सामाथ्र्यले भ्याए सम्म कृषि क्षेत्रको बिकासमा लागि परेको र नयाँ प्रबिधि को बिकासमा कषि क्षेत्रलाई जोडेको बताए ।
यसैगरी मुख्य मन्त्री पाण्डेले आजै हुप्सेकोट गाउँपालिकाको नबनिर्मित भवनको उद्घाटन गर्दे स्थानीय तहहरु संघीयताले धेरै सबल बनाएको बताउँदै जनता संग प्रत्यक्ष सरोकार राख्ने भएकाले अझै बढी अधिकार दिएर स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए ।
कृषि भूमि ब्यबस्था मन्त्री महेन्द्रध्वज जिसीले स्थानीय तहलाई सबल र बलियो बनाउनु पर्ने बताउँदै अधिकार सम्पन्न स्थानीय तहले मात्र जनताका हरेक आबश्यकता पूरा गर्ने बताए । करीब आठ करोडको लागतमा सम्पन्न गाउँपालिकााको सो भवन अपाङ्गमैत्री र सुबिधा सम्पन्न भवनका रुपमा निर्माण भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताए ।