© २०२३
आज मिति २०८० साल कार्तिक ११ गते शनिबार। तदनुसार सन् २०२३ अक्टोबर २८ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। आश्विन शुक्लपक्ष पुर्णिमा तिथि। रेवती नक्षत्र। धाता योग। भद्रा करण। मीन राशीमा चन्द्रमा ।
सूर्योदयः प्रातः ६.१२ / सूर्यास्तः १७.२१ बजे।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुरामा बिवाद हुने योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय बिताउन सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुनाले घरायसि कामहरु थाति रहनेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाइ लेखाईमा सफलताको योग रहेको छ। पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय मध्यम रहेको छ। सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय तपाईंको पक्षमा रहेको छ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सिर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।