ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

कामाख्या देवी मन्दिर दर्शनपछि आचार्य बालकृष्णले भने : नेपालका जुनसुकै पर्यटकीय स्थल घुम्न भारतीयलाई सहज

९ कार्तिक २०८०, बिहीबार
९ कार्तिक २०८०, बिहीबार

बुटवल,९ कात्तिक ।   भारतको प्रसिद्ध पतञ्जली योग पिठका अध्यक्ष आर्युवेद शिरोमणी आचार्य बालकृष्णले नेपालका जुनसुकै पर्यटकीय स्थानहरुमा भारतीय नागरिकलाई सहज गन्तव्य बनेको बताएका छन् ।
रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर जोडेर सञ्चालनमा रहेको लुम्बिनी केवलकारको टप स्टेशन बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसंगको अन्तरक्रियामा उनले प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल भ्रमणका लागि सहज रहेको बताए ।
उनले नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी, वाल्मीकीको महत्वपुर्ण पावन भूमी रहेको भन्दै नेपालमा धार्मिक, सांस्कृतिक तथा मनोरम प्रकृतिका क्षेत्रमा पर्यटनको सम्भावनालाई केन्द्रमा राखेर लक्षित कार्यक्रमहरु बनाउन सुझाव दिए ।
उहाँले धार्मिक पर्यटकीय स्थललाई प्रवद्र्धन गर्न भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर नेपालको पर्यटन प्रवद्र्धनका लागि पहल गर्न सुझाव दिए ।
उनले लुम्बिनी केबलकार नेपालीका लागि मात्र नभई भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षण गन्तव्य हुने बताए । भारतको उत्तर प्रदेश लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुसँग सीमा जोडिएको प्रदेश भएकाले त्यहाँका जनताका लागि बुटवल र सञ्चालनमा रहेको केबलकारलगायतका सबै खालका पर्यटकीय पूर्वाधारहरु महत्वपुर्ण गन्तव्य बन्ने बताए ।
उनले भारतको उत्तर प्रदेशका जनता केबलकार चढ्न र यस्ता मनोरम प्राकृतिक हिमश्रृंखला जस्ता स्थान र धार्मिक स्थलहरुका लागि बुटवल जस्ता ठाउमा लुम्बिनी केबलकार उनीहरुको पनि आकर्षण बन्ने बताए ।
केबलकारको टप स्टेशनमा बनेको कामाख्या भगवती मन्दिर, प्राकृतिक सौन्दर्य र शीतल वातावरण भारतीय पर्यटकका लागि आकर्षण बन्ने उनको भनाई थियो ।
उनले गृह जिल्ला स्याङजामा दशैं पर्व मनाउन ४० वर्षपछि पहिलोपटक अवसर मिलेको बताउदै नेपालमा हरेक चाँडपर्वमा शहरबजार पुरै खालि गरेर आफ्ना मान्यजन परिवार संग भेट्न पुग्ने राम्रो संस्कार रहेको बताए । उनले यसरि चाडपर्वका अवसरमा आफन्त परिवार समक्ष पुग्ने परम्परा सनातन संस्कृती र वैदिक परम्पराको राम्रो संस्कार रहेको बताए ।
उनले नवरात्रमा देवस्थानहरुमा चढाइने पशुवली जस्ता हाम्रा सदियौ देखिका परम्परागत, संस्कृतिलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने पनि बताए ।
उहाँले हाम्रा सनातन परम्पराप्रति मानिसहरुको रुची, निष्ठा बढदै गएको बताउनुभयो ।
उनले नेपाल र भारतबीच सदियौँदेखि धार्मिक, सांस्कृतिक विरासत साझा र अक्षुण रहेको भन्दै दुइ देसका जनता बीचको सम्बन्ध प्रगाढ रही आएको यसलाई कसैले तोड्न नसक्ने बताए ।
आयुर्वेद शिरोमणि आचार्यले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके पर्यटक आगमन बढ्न सक्ने बताए । भारतको पतन्जली योगपीठले नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबीच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवद्र्धन गरेको उनको भनाई छ ।
लुम्बिनी केबलकारका निर्देशक रुद्र पौडेलले नेपालीसंगै भारतका जनतालाई लक्षित गरेर पांचतारे होटेल सहित केबलकारमा रु ५ अर्ब लगानी हुने जानकारी गराए । सञ्चालनको ५ महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारत उत्तर प्रदेशका पर्यटकको लागि आकर्षणको थलो बनेको पौडेलले बताए । केबलकारले प्रत्येक टिकटको २ प्रतिशत रकम सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरेको र करिब सय जनालाई रोजगारी दिएको बताए । आयुर्वेद शिरोमणि बालकृष्णसंगै उनका नेपाल र भारतका करिब दुई सयजना अनुयायीहरु र बुटवलको मुक्तिनाथ धामका संरक्षक लोकानन्द स्वामीले समेत कामाख्यादेवी मन्दिरको दर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?