© २०२३
आज मिति २०८० साल कार्तिक ०६ गते सोमबार। तदनुसार सन् २०२३ अक्टोबर २२ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। आश्विन शुक्लपक्ष नवमी तिथि। श्रवण नक्षत्र। शुल योग। बालब करण। मकर राशीमा चन्द्रमा ।
सूर्योदयः प्रातः ६.०८ / सूर्यास्तः १७.२६ बजे।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
तपाईंका विरुद्धमा कुरा काट्नेहरु पनि तपाईंको पुरुषार्थका कारण मिल्न आउनेछ्न। । मायाप्रेमको गाठो कसिलो भएर जानेछ। साझतिर स्वास्थ्य कमजोर बन्न सक्छ।आफ्ना विरोधीहरुलाई किनारा लगाउदै उपलब्धि हासिल गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
गर्न लागिएका महत्वपूर्ण कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौसमको ख्याल गर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाजुभाई तथा नजिकका छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु सुल्झिदै जानेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । पति पत्नीबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुभएकोको छ भने महत्वपूर्ण पद प्राप्तिको योग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसायमा मन्दि आउनाले ति मन चिन्तित रहनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भौतिक भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध बलियो बन्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने देखिन्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नयाँ काम पाउदा मन खुशी रहनेछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना खेप्नुपर्ने छ। माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ साथै दिदीबहिनीहरु सँग मनमुटाबको सिर्जना हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन राम्रो तपाईंको लागि राम्रो रहेको छ। व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरीमा प्रमोशनको गतिलो सम्भावना रहेकोछ ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।