© २०२३
बुटवल, ४ कात्तिक ।
होटल व्यवसाय पर्यटन उद्योगको रुपमा विकास भएकाले यसलाई दिगो र सुरक्षित बनाउन सकेमात्र देशको आर्थिक समृद्धि सम्भव हुने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल राष्ट्रिय होटल व्यवसायी संघ रुपन्देहीले विजयादशमी, शुभदीपावली, छठ र नेपाल सम्वतका अवसरमा शनिबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै एमाले रुपन्देही जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीले अहिले मुलुक आर्थिक मन्दीको मारमा परेको र यसबाट पार पाउन वर्तमान गठबन्धन सरकार बाधक बनिरहेको टिप्पणी गर्दै यो सरकार जहिलेसम्म रहन्छ, त्यतिन्जेलसम्म मुलुकको आर्थिक अवस्थामा सुधार नआउने दावी गरे । उनले कोश िप्रदेशबाट गठबन्धन टुट्न सुरु भएको भन्दै मुलुकले निकाय पाउनका लागि यो गठबन्धन टुट्नै पर्ने र एमालेले मुृलुकको नेतृत्व गर्नुपर्ने बताए ।
उद्योग व्यवसाय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपालले सबै पर्यटन व्यवसायीहरु आफ्नो पर्यटन उद्योगको विकासका लागि एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिंदै सही र स्वच्छ व्यवसाय सञ्चालन गर्दा आइपर्ने कठिनाईलाई मिलेर सामना गर्न सकिने बताए । उनले विजादशमीका अवसरमा सबै व्यवसायीलाई शुभकामनना व्यक्त गर्दै वर्तमान आर्थिक संकटको घडीबाट पार पाउने विश्वास व्यक्त गरे.।
नेपाल राष्ट्रिय होटल व्यवसायी संघका केन्द्रीय महासचिव समुन्द्र जिसीले एमालेको विचार मात्र मुलुकलाई सही बाटोमा हिंडाउन उपयुक्त रहेको भन्दै यसमै गोलबन्द हुन व्यवसायीहरुलाई आगग्रह गरे ।
त्यस अवसरमा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य एवं उद्योग व्यवसाय विभाग प्रमुख बाबुराम बोहोरा, एमाले रुपन्देहीका पर्यटन विभाग सदस्य रोमाकान्त पाण्डे, एमाले कपिलवस्तु जिल्ला कमिटीका सचिवालय सदस्य तेजेन्द्र बहादुर पाण्डे, नेपाल राष्ट्रिय होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोहनलाल पाण्डे, सचिव दिपक अर्याललगायतले समग्र अर्थतन्त्र धरासायी भएको अवस्थामा होटल ब्यवसाय पनि प्रत्यक्ष मारमा परेको भन्दै सरकार मुलुकको आर्थिक अवस्था सुधार्न असफल भएको बताएका थिए ।
त्यस अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पुर्व वरिष्ठ उपाध्यक्ष लिलाधर बस्यालले अशक्त भएको भन्दै नगदसहित सम्मान गरिएको थियो ।