Butwal Today

एसीसी यू- १९ प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र जापान भिड्दै

४ कार्तिक २०८०, शनिबार
अ+
अ-

काठमाडौँ, ४ कात्तिक  ।

मलेसियामा जारी एसीसी यू- १९ प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शनिबार) नेपाल र जापान भिड्दैछन्।

मलेसियाको वाइएसडी क्रिकेट ओभल बाँगीमा हुने खेल बिहान सवा ७ बजेदेखि सुरु हुनेछ। नेपाल नेपाल समूह ‘ए’ र जापान समूह ‘बी’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेका हुन्।

समूह चरणमा नेपालले इरानलाई २ सय ७४ रन दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो।

समूह चरणको अन्तिम खेलमा साउदी अरेवियालाई ३ सय १ रनले हराउँदै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो।

उता समूह ‘डी’ मा रहेको जापानले भने हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५७ रन, इन्डोनएसियालाई ९ विकेटले हराएको थियो।

मलेसियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ६ रनले हराउँदै समूह  विजेताको रुपमा नेपाल सँगको भेट पक्का गरेको थियो।

आजै हुने दोस्रो सेमिफाइन खेलमा समूह ‘बी’ को विजेता युएई र समूह ‘सी’  को विजेता सिंगापुर भिड्नेछन्। सो खेल बिहान साढे ९ बजे हुनेछ।

प्रिमियर कपको फाइनल मंगलबार हुनेछ।

फाइनल पुग्ने दुई तथा तेस्रो स्थानमा रहने एक गरि तीन टोलीले आगामी डिसेम्बरमा हुने एसिया कपमा स्थान बनाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?