ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

संस्कृति संरक्षणका लागि होटेल पौवाले सरायं नांच देखाउंदै

३ कार्तिक २०८०, शुक्रबार
३ कार्तिक २०८०, शुक्रबार

बुटवल,३ कात्तिक । नेपाली मौलिक संस्कृति संरक्षण र प्रबद्र्धनका लागि तिलोत्तमास्थित होटल पौवाले सराय नाच प्रदर्शन गर्ने भएको छ । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने तथा सँस्कृति संरक्षणका लागि यही कार्तिक १७ गते होटल पौवा योगिकुटी शाखामा नृत्य प्रदर्शन गरिने होटलका प्रवन्ध निर्देशक विष्णु प्रसाद ज्ञवालीले जानकारी दिए ।
कार्तिक १७ गते साँझ ४ बजेदेखि आयोजना हुने नृत्यमा विभिन्न परम्परागत खानाका परिकारहरु समेत राखिने उनले बताए । दैवताले दानवलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लाहरुमा नाचिने सराय नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सराय नाचको प्रारम्भ गरिएको उनले बताए । यसैगरी होटल पौवाले यो वर्षको दशैंलाई उत्सवको रुपमा मनाउन योगीकुटीसहितका तीन वटा शाखामा परम्परागत लिङ्गे पिङ राखेको बताए ।
नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको हो प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए ।
‘नेपालका लागि नेपाली आतिथ्यता’–भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशसहित १२ स्थानमा शाखा सञ्चालन गरेको छ । कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् ।
विविध सांस्कृतिक पहिचानले सिंगारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड विष्णु भण्डारीलेबताए । पर्यटन प्रवद्र्धधनमा देशको कला, संस्कति, रहनसहन, भेषभुषा, खानपिन लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको दाबी गरे ।
होटलमा सराय नृत्य प्रदर्शन कार्यक्रमको संयोजक समेत रहेका भण्डारीले पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई लगातार ब्राण्डिङ गरिरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?