© २०२३
आज मिति २०८० साल आश्विन ३० गते मङ्गलबार। तदनुसार सन् २०२३ अक्टोबर १६ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। आश्विन शुक्लपक्ष तृतीया तिथि। विशाषा नक्षत्र। श्रीवत्स योग। तैतिल करण। तुला राशीमा चन्द्रमा ।
सूर्योदयः प्रातः ६.०५ / सूर्यास्तः १७.३२ बजे।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दिन शुभ रहला। विचारमा शीघ्र परिवर्तन आउने छ। जसका कारण महत्त्वपूर्ण कार्यको अन्तिम निर्णय लिन सरल रहनेछैन। कामको सन्दर्भमा वा कुनै विशिष्ट कारण यात्राको योग छ। लेखन कार्यको लागि शुभ दिन छ।
वृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)
मन स्थिर बनाई राख्नुहोला। कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्नुहुनेछ। सम्झौता गर्ने वृत्ति राख्नुहुनेछ। छोटो यात्रा हुने सम्भावना देखिन्छ। लेखक, कलाकार एवम् सल्लाहकारको लागि अनुकुल दिन छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
दिन आर्थिक दृष्टिकोणले लाभदायी छ। दिन स्वादिष्ट वा उत्तम भोजन, सुन्दर कपडा एवम् परिवारसँग मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य राम्रो रहला। उपहार मिल्नाले मन आन्दित रहला।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज महत्त्वपूर्ण निर्णय नलिनुहोला। आफन्तसँग मनमुटावको प्रसंग हुन सक्छ। पारिवारिक कार्यमा खर्च होला। बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। मानहानि एवम् धनहानिबाट बच्नुहोला।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
मित्रबाट लाभ होला। कुनै सुन्दर स्थलमा घुम्न जानुहुनेछ। अनिर्णायक्ताको कारण हातमा आएको अवसर गुम्न सक्छ। अधिकतर समय विचारमा व्यस्त रहनुहुनेछ। व्यापार एवम् आर्थिक लाभको योग छ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
दिन शुभ फलदायी छ। नयाँ कामको आयोजन सम्पन्न हुनेछ। व्यापारीवर्ग एवम् आफन्तसँग शुभ समय बिताउनु हुनेछ। व्यापारमा लाभ एवम् पेसामा पदोन्नतिको योग छ। पिताबाट लाभ होला।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)
पेसा वा व्यवसायमा सहकर्मीको पूर्ण सहयोग मिल्नेछैन। लामो यात्रा वा कुनै धार्मिक स्थलमा जाने अवसर प्राप्त होला लेखनकार्य एवम् बौद्धिक क्षेत्रमा सक्रिय रहनुहुनेछ। विदेशबाट मित्र वा आफन्तको समाचार आनन्द अनुभव होला।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
दिन शान्तिपूर्वक वा सावधानीपूर्वक बिताउनुहोला। नयाँ काममा असफलता प्राप्त हुने योग छ। त्यसैले कुनै नयाँ काम प्रारम्भ नगर्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। खर्च पनि बढ्न सक्छ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
दिन आनन्दपुर्वक बिताउनु हुनेछ। मनोरंजनको प्रसंगले मन प्रफुल्लित रहनेछ। विपरीत लिंगीय व्यक्तिको सहवासको आनन्द लिनुहुनेछ। लेखनकार्यको लागि दिन निकै अनुकुल छ। साझेदारीबाट लाभ होला।
मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)
व्यापारमा दिन लाभकारी रहला। व्यावसायमा पैसाको लेनदेनमा सफलता मिल्नेछ। व्यापार सम्बन्धित कार्यमा बाधा उत्पन्न हुनेछ। स्वास्थ्य राम्रो रहला। घरमा सुख–शान्तिको वातावरण बनिरहनेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
बोलि तथा विचारमा शीध्र परिवर्तन होला। बौद्दिक चर्चामा जोडिनुहुनेछ। लेखनकार्य तथा सिर्जनात्मक प्रवृत्तिको आनन्द लिनुहुनेछ। आकस्मिक खर्च होला। स्वास्थ्य समस्या होला।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
उत्साह तथा स्फूर्तिमा कमी होला। परिवारसँग मतभेद तथा विवादमा नउत्रिनुहोला। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव होला। कुनै अप्रिय घटनाले मन खिन्न रहन सक्छ। पेसाको बारेमा चिन्ता रहनेछ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी