© २०२३
आज मिति २०८० साल आश्विन २८ गते आइतबार। तदनुसार सन् २०२३ अक्टोबर १५ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। आश्विन शुक्लपक्ष प्रतिपदा तिथि। चित्रा नक्षत्र। पध्म योग। किंस्तुघ्न करण। तुला राशीमा चन्द्रमा ।
आज घटस्थापना, नवरात्र आरम्भ ।
सूर्योदयः प्रातः ६.०४ / सूर्यास्तः १७.३४ बजे।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययन–अध्यापनका क्षेत्रमा सफलता हात लाग्ने हुदा मन प्रसन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवनसाथीको सहयोगले महत्वपुर्ण सम्पादन हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । आफ्नो कामलाई निरन्तरता दिनुहोला ,हल्लाको पछि लाग्दा कामहरु बिग्रन सक्छन् । भौतिक सम्पति प्राप्तिको योग रहेकोछ । आफन्त तथा सन्तानसँग सामान्य बिषयमा बिवाद हुने योग देखिएकोछ सचेत रहनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त फाइदा लिन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ भने भौतिक साधन तथा घर जग्गाको किनबेचबाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुनाले नतिजा अरुकै पक्षमा जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययन तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दाजुभाई,छिमेकि तथा सहयोगीहरुसँग मिलेर गरिने कुनै पनि उत्पादनमुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्नीबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाईसँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात लाग्नेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृढ बनाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्यजीवन सुमधुर रहनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुले आलोचना गर्नेछन् । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ ।
प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा प्रसस्त आम्दानि गर्न सकिनेछ । पति पत्नि बीचको सम्बन्ध प्रगाढ हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गीत संगितमा बिषेश रुचि बढ्नेछ ।आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको सहयोग बाट काम बन्नेछ ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।