© २०२३
बुटवल, २७ असोज– कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका संघीय तहबाट आएका प्रमुख प्रशासकीय अधिकृतलाई समयमा नै अध्यक्षले हाजिर नगराउँदा पालिकामा सयौंको संख्यामा रहेका शिक्षक, कर्मचारीहरू दशैंको मुखमा तलब बिहिन हुने अवस्था आएको छ ।
यो भन्दा पहिला पनि २ पटा सम्म पालिकामा हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत लाई पालिका अध्यक्ष वलिउद्दीन मुसलमान ले हाजिरै नगराएपछि फिर्ता गएको थिए ।
नेपाली काग्रेसबाट विजयी भएका अध्यक्ष वलिउद्दीन मुसलमानले आफु निकट व्याक्तिलाई मात्रै कर्मचारीको रूपमा राख्ने निहित स्वार्थ बनाएको कारण सिंगो पालिका नै अहिले बदनाम भैरहेको स्थानीयहरूको भनाई रहेको छ । जसको कारण दशैंको बेलामा कर्मचारीहरू तलब विहिनको अवस्थामा पुगेका हुन ।
पालिकाले संघीय मन्त्रालयबाट खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुनबाट रोक लगाउदै आएको छ । पटकपटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी हुन नदिएपछी उनिहरू फिर्ता गएका थिए ।
सो गाउँपालिका डेढ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । पशु सेवाका परमेश्वर यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रूपमा काम गरिरहेका छन् । उनी नै काम गर्न सजिलो व्यक्ति भएको भन्दै गाउँपालिकाले संघीय सरकारले पठाएका प्रशासन सेवाका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने निणर्य पटक–पटक गरेको हो । पशु प्राविधिक क्षेत्र छैठौं तहबाट बनेका निमित्त प्रमुख प्रशासकीय यादवको कार्यशैली प्रति सेवाग्राही मात्र होईन कर्मचारी समेत आजित भएको बताइएको छ ।
उता सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ६ गते मायादेवी गाउँपालिकाको नाममा “निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द सम्बन्धमा’ पत्र समेत काटेको छ । जसको कारण उनले आर्थिक प्रशासनको काम गर्न पाउँदैन । पालिका अध्यक्षले उनलाई नै निमित्त बनाएर चलाउन खोज्ने तर संघीय मन्त्रालयले आर्थिक प्रशासन नै अधिकार नदिएपछि पालिकाको आर्थिक प्रशासको काम रोकीएको छ ।
संघीय मन्त्रालयको पत्रमा यादवको जिम्मेवारी रद्द गरिएको र मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतबाट मात्र उल्लिखित गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन निर्देशन छ । सो पत्रको धज्जि उडाउँदै गाउँपालिका अध्यक्षको निर्देशनमा यादवले आफ्नो गतिविधि सञ्चालन गरिरहेका हुन ।
गाउँपालीका अध्यक्ष वलिद्दिन मुसलमानले यस अगाडीका धनेश्वर पौडेल र राकेश चौधरीलाई हाजिर गर्न नदिएर फिर्ता पाठएका थिए । हाल तेस्रो पटक आएका सविनसिंह चौधरीलाई पनि हाजिर गराउने सुरसार नभएको पालिका स्रोत बताउँछ । पालिकाको अध्यक्ष वलिउद्दीन मुसलमानको फोन अफ छ । उनी भारत गएको भन्ने सूचना आएको जनाइएको छ । पालिकाका उपाध्यक्ष सरस्वती यादवले हजिर गराउने, खाता सञ्चालन गर्ने काम अध्यक्षको भएको भन्दै यसमा आफुले पहल गरेपनि सार्थक नभएको बताउँछिन् । बुटवल टुडे संगको कुराकानीमा उनले भनिन्–‘यो सब काम अध्यक्ष हो, उहाँ भारत जानुभएको छ, सोमबार तिर आएर नयाँ हाकीम जि लाई हाजिर गराउने सुनेको छु, तर कुरा के होला थाहा भएन । ’
स्थानीय तहका कर्मचारीको आन्दोलन र प्रमुख प्रशासकीय अधिकृत नहुँदा दशैको मुखैमा पालिकाबाट सेवा प्रवाह अवरुद्ध मात्र होईन सामाजिक सुरक्षा भत्ता, शिक्षक कर्मचारीको तलवदेखि आपतकालिन कार्य समेत रोकीएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी