© २०२३
बुटवल,२६ असोज । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृङ्खला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।
बिहीबार राति सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन्। उनले यो समयमा आफूले आफैँलाई नयाँ जीवन दिन र परिवारसँग समय बिताउन चाहेको बताएका छन् ।
‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु’ उनले भनेका छन्, मैले अहिलेसम्म पाएको शुभकामना र आशीर्वादका लागि धन्यवाद दिन चाहन्छु ।’
सन्दिपमाथि किशोरीसंग शारीरिक सम्बन्ध राखेको आरोपमा मुद्दा चलिररहेको छ । सन्दिपले हरेक अन्तर्राष्ट्रिय खेल खेल्ने समयमा उनको मुद्दाको विषय उठ्ने र सुनुवाई नहुने समस्याले सन्दिपलाई मानसिकरुपमा विक्षिप्त बनाएको छ । मुद्दाको पैसलामा ढिलाईले सन्दिपको कयारियरमै गम्भरि धक्का लागेको छ ।