© २०२३
बुटवल,२५ असोज । तिलोत्तमामा सम्पन्न जिल्लास्तरीय अन्तरमावि सेभेन ए साइड नकआउट फुटवल प्रतियोगिताको उपाधि बुटवल दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमी बोर्डिङ स्कुलले जितेको छ ।
फाइनल खेलमा सेन्ट जोसेफ बोर्डिङ स्कुल भलबारीलाई पेनाल्टी सुटमा ३–२ गोलले पराजित गर्दै त्रिभुवन युनाइटेडले उपाधि जितेको हो । उपाधिसंगै त्रिभुवन युनाइटेडले नगद ५० हजार र ट्रफी हात पारेको छ भने उपविजेता सेन्ट जोसेफले २५ हजार र तेस्रो भएको टिमले नगद १० हजारमा चित्त बुझाएको छ ।
नवज्योती बिद्यार्थी मन्चको आयोजनामा तिलोत्तमा ८ चार नम्बरस्थित नवज्योति बोर्डिङको खेल मैदानमा भएको प्रतियोगितामा रुपन्देहीका १९ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता असोज १२ गतेबाट सञ्चालन भएको थियो ।
उपाधि विजेता विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यालयले शैक्षिक गुणस्तरसंगै विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद,संगीत लगायतका विधालाई उत्तिकै प्राथमिकता दिएकाले जिल्लास्तरीय फुटबल प्रतियोगितामा सफलता हासिल भएको बताए ।