© २०२३
आज मिति २०८० साल आश्विन २५ गते बिहिबार। तदनुसार सन् २०२३ अक्टोबर १२ तारिख । नेपाल संवत् ११४३ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। वर्षा ऋतु । श्रीशाके १९४५। आश्विन कृष्णपक्ष त्रयोदशी तिथि। पुर्वफाल्गुणी नक्षत्र। गद योग। गर करण। सिंह राशीमा चन्द्रमा ।
आज त्रयोदशी श्राद्ध ।
सूर्योदयः प्रातः ६.०२ / सूर्यास्तः १७.३७ बजे।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परोपकारमा आजको दिन बित्नेछ । सेवा–पुण्यको काम पनि हुन सक्छ। मानसिक रुपले कार्यभार अधिक रहनेछ। सत्कार्य गर्दा फलस्वरूप शारीरिक र मानसिक रुपले उर्जा अनुभव गर्नुहुनेछ। आर्थिक लाभ होला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वाद–विवादमा तपाईंको जीत हुनेछ । तपाईंको बोलीले कसैलाई मोहित पार्नेछ। जुन तपाईंको लागि लाभदायक साबित हुनेछ। विधार्थीको पढाईमा अभिरुचि बढ्नेछ। परिश्रम गरेअनुसार फल प्राप्त हुनेछैन। आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महिला वर्गबाट विशेष सतर्कता अपनाउनु पर्नेछ । पानी र बग्ने पदार्थहरूको खतरा छ। अत्यधिक विचारको कारण मानसिक थकान बढ्नेछ। स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । कुटुम्बिक सम्पत्तिको चर्चा वा विवादबाट टाढा रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईको दिन खुशीयालीले भरिपूर्ण रहन्छ। नयाँ काम पनि सुरु गर्न सक्नुहुन्छ। साथी र प्रियजनसँग रमाइलो भेट हुन सक्छ। काममा हासिल भएको सफलताको कारण उत्साह बढ्नेछ। समाजमा मान–सम्मान बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईको लागि दिन मिश्र फलदायी छ। परिवारका सदस्यसँग राम्रो समय बिताउन सक्षम हुनुहुनेछ। आर्थिक क्षेत्रमा आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ। आफ्नो बोलीको माध्यमबाट सबैको मन जित्न सफल रहनुहुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईले आफ्नो बोलीको मधुरताले सुमधुर सम्बन्ध बाध्न सक्नुहुन्छ। जुन भविष्यमा लाभदायी साबित हुन सक्छ । वैचारिक रुपले समृद्धि बढ्नेछ। शरीर, स्वास्थ्य र मन खुशी हुनेछ। पारिवारिक जीवनमा रमाइलो वातावरण रहनेछ। शुभ समाचार मिल्दा प्रफुल्लित रहनुहुन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईको दिन प्रतिकुल रहनाले सावधान रहनुहोला। तपाईको स्वास्थ्य बिग्रन सक्छ। मानसिक रूपले अस्वस्थ महसुस गर्नुहुनेछ। आफ्नो बोलि र व्यवहार प्रति ध्यान राख्नुहोला। तपाईको आम्दानीभन्दा पनि धेरै खर्च हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईका लागि लाभदायक दिन छ। साथीहरुसँग भेट हुनुको साथै घुमफिरमा समय खर्चिनु हुनेछ। पेसा वा व्यवसायिक क्षेत्रमा आम्दानी बढ्नेछ। विवाहित जीवन आनन्दमय रहनेछ। तपाईप्रति उच्च अधिकारी प्रसन्न रहनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यको सफलता दिन छ। नयाँ काम सुरु गर्न सक्नुहुन्छ। आफ्नो व्यवसाय राम्रोसँग विस्तार गर्नुहुन्छ। उच्च अधिकारीले तपाईंको पदोन्नतीका लागि सोच्नेछन्। घरायसी जीवनमा खुशी र सन्तोष रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक काम र व्यवसायमा एक नयाँ शैली अपनाउनु हुनेछ। साहित्य र लेखन प्रवृत्तिमा गति मिल्नेछ। शरीरमा बेचैनी र थकान महसुस गर्नुहुनेछ। सन्तानको चिन्ताले सताउनेछ। लामो यात्रा होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अत्यधिक विचारबाट मानसिक थकान अनुभव गर्नु हुनेछ। चोरी, अनैतिक कार्य, निषेधित कार्य र नकारात्मक विचारबाट टाढा रहनुहोला। बोलिमा ध्यान राख्नुहोला। परिवारमा कसैको बिहे हुने योग छ। भगवानको नाम तथा आध्यात्मिक विचारले मन शान्त रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा आफुभित्रका प्रतिभा देखाउने मौका मिल्नेछ। व्यवसायमा साझेदारीको लागि शुभ समय छ। दैनिक क्रियाकलापबाट समय निकालेर आनन्दमय समय बिताउनु हुन्छ। आफन्त तथा मित्रसँग पार्टी वा पिकनिकको आयोजन होला।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।