© २०२३
पोखरा, २४ असोज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समाजवादी मोर्चा एमालेविरुद्ध बनेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशका निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले समाजवादी मोर्चा सबै पार्टीभित्र गइरहेको पहिरो रोक्ने चेकड्याम मात्रै भएको बताए । समाजवादी मोर्चा न विदेशि शक्तिविरुद्ध केन्द्रित छ न कांग्रेसतिर, त्यो एमाले विरुद्ध निशाना बनाइरहेको गुरुङले स्पष्ट पारे । एमालेलाई धेरैले निशाना बनाइरहेको भएकाले गुटबन्दी त्यागेर काम गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए ।
अन्य पार्टीका नेताहरूलाई पार्टीमा आकर्षण गर्न केन्द्रित हुन पनि उनले निर्देशन दिएका छन् ।
नेकपा हुँदादेखि नै पार्टीभित्रको विवादमा पनि फरक विचार राख्ने लाई समेट्दै विभाजनको सामना गरेको स्मरण गर्दै उनले अब एकीकृत समाजवादीलाई पनि एमालेमा ल्याउनुपर्ने बताए ।