© २०२३
बुटवल, २४ असोज । आदर्श युवा क्लबको आयोजनामा बुटवलमा जारी स्व. गंगा मल्ल स्मृति खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता २०८० को मंगलबार सम्पन्न खेलमा डिएफ युनाईटेड, मदन भण्डारी एफसी र न्यु ईरा क्लब विजयी भएका छन ।
बुटवल उपमहानगरपालिका वडा नं १५ दुर्गा माता भवानी मन्दिर संस्थाको संरक्षकत्व तथा आर्दश युवा क्लबको आयोजनामा शनिबारदेखि वडा नं १५ स्थित उजेलापुर खेलमैदानमा भएको पहिलो खेलमा डिएफ युनाईटेडले बेल्बास एफसी, दोस्रो मदन भण्डारी एफसीले लाफिङ बुद्ध क्लब तथा तेस्रो खेलमा न्यु ईरा क्लबले ठुलीचौर युवा क्लबलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेशका गरेका छन । प्रतियोगितामा डिएसका गोलकिपर प्रविन पुन, मदन भण्डारीका गोलकिपर कुशल सुनार र न्यु इराका गोलकिपर सुदिप सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको मुख्य प्रायोजन स्व गंगा कुमारी मल्लको स्मृतिमा नाति डिजन मल्ल एवं प्रविण मल्ल तथा सहप्रायोजन स्व दिलिप पुन (नारायण) स्मृतिमा विष्णु थापाले गरेका छन । बुधबार पहिलो चरणको अन्तिम खेल तिलोत्तमा एफसी पाल्पा र शान्ति दिप युथ क्लब सैनामैनाका बिचमा हुने क्लबका सचिव साजन खातीले बताए । यसैगरि दोस्रो चरणको पहिलो खेलमा आर्दश युवा क्लब (बि) र मायादेवी युथ क्लबका बिचमा हुने उनले बताए । प्रतियोगितामा रुपन्देहीसहित दाङ, पाल्पा जिल्लाका गरि २४ टिमले प्रतिस्पर्धा गरेका छन ।