© २०२३
बुटवल, २१ असोज । आदर्श युवा क्लबको आयोजनामा बुटवलमा जारी स्व. गंगा मल्ल स्मृति खुला नकआउट सेभेन ए साईड फुटबल प्रतियोगिता २०८० मा ईन्टर स्पोर्ट्स क्लब, लक्ष्मीनगर, आयोजक आर्दश युवा क्लब (बि) र (सि) दोस्रो चरणमा प्रवेश गरेका छन । बुटवल उपमहानगरपालिका वडा नं १५ दुर्गा माता भवानी मन्दिर संस्थाको संरक्षकत्व तथा आर्दश युवा क्लबको आयोजनामा वडा नं १५ स्थित उजलापुरको खेलमैदानमा आईतबार भएको पहिलो खेलमा ईन्टरले ईभ्युलोसन क्लब, तामनगरलाई ३–० तथा दोस्रो खेलमा आयोजक आदर्श युवा क्लब (बि) ले कोब्रा गाईजलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन । यसैगरि तेस्रो खेलमा मैइनहिया एफसी उपस्थित नभएपनि वाक ओभर पाउदै आदर्श युवा क्लब (सि) पनि विजयी घोषित भएको छ ।
पहिलो खेलमा ईन्टरका निशान न्यौपाने म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनि प्रतियोगितामा पहिलो ह्याट्रिककर्ता समेत भए । यसैगरि दोस्रो खेलमा आयोजक आर्दशका दिपेश थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको मुख्य प्रायोजन स्व गंगा कुमारी मल्लको स्मृतिमा नाति डिजन मल्ल एवं प्रविण मल्ल तथा सहप्रायोजन स्व दिलिप पुन (नारायण) स्मृतिमा विष्णु थापाले गरेका छन । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष मनिष काफ्लेले बताए । यसैगरि उपविजेता टिमले नगद २३ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमले नगद १० हजार रुपैया, कप, मेडल,प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । असोज ३० गतेसम्म संचालन हुने प्रतियोगितामा रुपन्देहीसहित दाङ, पाल्पा जिल्लाका गरि २४ टिमले प्रतिस्पर्धा गरेका छन ।
सोमबार ३ वटा खेलहरु हुने क्लबका सचिव साजन खातीले बताए । पहिलो खेल सिम्रिक युथ क्लब र एसवाईसी कैलाशनगर, दोस्रो खेल मायादेबि युवा क्लब र लुम्बिनी तिलोत्तमा फिट एण्ड फाईन तथा बुटवल युनाईटेड र सेभेन स्टार एफसी बेल्बासका बिचमा खेल हुने छ ।