ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

मुस्कान सहितको जीवन र सेवा

१९ आश्विन २०८०, शुक्रबार
१९ आश्विन २०८०, शुक्रबार

विषय प्रवेश :

आज विश्व मुस्कान दिवस । सन् १९९९ देखि अक्टोर ६ लाई विश्व मुस्कान दिवसका रुपमा विभिन्न कार्यक्रमका साथ मनाइँदै आइरहेको छ । आजको यो दिवसको नारा रहेको छ । Do an Act of kindness, Help one person smile छ । आफू हांँस्ने मात्र अरुको मन पनि हांँस्ने गरी काम गर्नुपर्दछ भन्ने हो ।

अब मस्तिस्क मन्थनको पाटो :

व्यस्त जीवन शैलीका कारण समाज व्यक्तिकेन्द्रित हुँदै जाने क्रममा छ । संयुक्त परिवारबाट टुक्रिकै टुक्रिदै एकल परिवारमा पुगेको छ । संयुक्त परिवारमा अन्तर घुलन हुने, परिवार र समाजको दायित्व बोध हुने, दुख सुखको आदान प्रदान हुने लगायतका धेरै अवसरहरु नयाँ पुस्ता विस्तारै विमुख छ । साना ठूला सबैले कुनै न कुनैको तनाव झेलिरहेका छन् । सात्विक खाना भन्दा मन भड्किने तामासी खानामा युवा पुस्ता केन्द्रित हुँदा सोही अनुसार मानिसको व्यवहार परिवर्तन हुँदै जाने र मानिस सुखी हुन नसक्ने, हाँस्न नसक्ने अवस्थामा पुगेको छ । कसै कसैले कोही कोहीलाई हाँस्नुस् न भन्दा मनमा चैन भए पो हाँस्नु भन्ने जवाफ पनि सुनिने गर्दछ । आफू र आफ्नो परिवारसँग भएको उपलब्धिलाई पूँजीकृत गर्न नसक्दा हाँस्ने अवसर अर्थात खुलेर जिउने अवसर हुँदा हुँदा पनि दुखी मनका साथ जीवन विताईरहेको पाइन्छ ।

कर्मचारी विभिन्न ओहोदामा रहने व्यक्तिहरुको एउटा प्रोटोकल हुन्छ नै सो प्रोटोकलमा रहनु पर्दछ यति हुँदा हुँदै पनि भलादमी हुनुपर्दछ, गम्भीर हुनुपर्दछ भन्ने सामाजिक मान्यताका कारण कतिपय मानिसहरुमा भद्रताका नाममा खुलेर कुरा गर्न नसक्ने, अति अन्तरमुखी हुँदा मानिसमा मुस्कान कम आउने गरेको पाइन्छ ।

कर्मचारीहरुमा गुनासै गुनासाका पोकाहरु देखिन्छन् । यस्ता पोका बोकेर कार्यालय पुग्ने मैले गुनासाको पोका भित्र कसरी हाँसो खोज्न सकुला । गुनासाले भरिएका कर्मचारीले कसरी नागरिकलाई मुस्कान सहितको सेवा दिन सकुला यस प्रकारका प्रश्नहरु उठिरहेको पाइन्छ । पेशाप्रतिको इज्जत, सम्मान, कामप्रतिको लगाव मेहनत नभई मुहारमा मुस्कान आउँदैन । पूराका पूरा जिम्मेवारीका साथ काम गर्दा बल्ल काममा रस र मुहारमा मुस्कान पैदा हुन्छ । कामप्रतिको लगाव नहुने, राजाको काम कहिले जाला घाम भन्नेजस्तो मनोविज्ञानमा मानिस साँंच्चै मनैदेखि मुस्कुराउन सक्दैन ।

अन्त्यमा, मुस्कानले शान्ति आउने र जसको प्रभावले उत्पादकत्वमा वृद्धि हुने विज्ञहरुको भनाई रहेको पाइन्छ । मुस्कानले शरीरमा उर्जा ल्याउने भएकोले ऊर्जासहित कार्य गर्दा उत्पादकत्वमा पनि वृद्धि हुने गर्दछ । मुस्कान स्वास्थ्यको लागि फ्रि मेडिसिन हो । तर, अधिकांश ब्यक्तिहरुले यी कुराहरु जान्दा जान्दै पनि मुस्कुराउन, हाँस्नको लागि कन्ज्युस्याईं गरिरहनु भएको हुन्छ । मानिसलाई हाम्रो मुस्कानले उनीहरुलाई पनि मुस्कुराउने बनाउन सकिन्छ । जसरी पैसाले पैसा तान्छ, त्यसरी नै मुस्कानले मुस्कान ल्यांउँछ ।

पैसा नै तिर्न पर्ने भएपछि हाँस्न छोड्नु हुँदैन भने सित्तैमा हाँस्न मिल्ने र आफ्नै नियन्त्रमा रहेको हाँसोलाई हामीले रोकिरहनुपर्ने कुनै आवश्यकता देखिँदैन । हामी हाँस्यौं भने परिवार हाँस्छ । र, वातावरण नै राम्रो र खुशियाली बन्छ । शरीरमा हाँस्ने अर्थात् मुस्कुराउने भोक जगाईराख्नुपर्छ जसरी भोक लाग्दा खाना खानुपर्छ, त्यसरी नै खुशी तथा मनको शान्तिको भोक मेटाउन हाँस्ने, मुस्कुराइरहनुपर्छ । मुस्कान बलियो हतियार हो । यस हतियारलाई सँधै नै सक्रिय बनाईराख्नुपर्छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?