ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

क्रिकेटमा भारतसँग हार्‍यो नेपाल, एसियाड यात्रा समाप्त

१६ आश्विन २०८०, मंगलवार
१६ आश्विन २०८०, मंगलवार

काठमाडौं, १६ असोज ।

भारतसँग २३ रनले हारेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको सेमिफाइनल खेल्ने सपना अधुरै रहेको छ।

मंगलबार बिहान भएको खेलमा भारतले दिएको २ सय ३ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनायो।
भारतसँगको हारसँगै नेपालले क्रिकेटबाट पदक जित्ने सम्भावना पनि समाप्त भएको छ।

समुह चरणमा उत्कृष्ट प्रर्दशन गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको नेपाली टोलीले मध्यम प्रर्दशन गर्दा अन्तिम चारमा पुग्ने सपना अधुरै रह्यो।
भारतविरुद्ध खेलाडीले धैर्यता गुमाउँदा लामो सट खेल्ने धुनमा रहेका ८ ब्याटर क्याच आउट भए।

करण केसी १८ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे। करणले १३ बलमा २ छक्का र १ चौका हाने।
पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले २९ रनको साझेदारी गरे। १० रन बनाएका आशिफ ३.४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए।
अर्का ओपनर कुशल भुर्तेल २८ रनमा पवेलियन फर्के। भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आवेश खानको हातबाट क्याच आउट भए। ३२ बलको सामना गरेका भुर्तेलले ४ चौका र १ छक्का हाने। कुशल मल्ल २९ रनमा क्याच आउट भए। २२ बलको सामना गरेका कुशल मल्लले २ चौका र २ छक्का हाने।
११ औं ओभरको चौथो बलमा मल्ललाई गुमाएको नेपालले त्यही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेललाई पनि गुमायो। ५ बलमा ३ रन बनाएका कप्तान रोहित रवि विश्नोइको बलमा एलबीडब्लु धरापमा परे।
१५ औं ओभरको दोस्रो बलमा नेपालले अलराउण्डर दिपेन्द्रसिंह ऐरिलाई गुमायो। १५ बलमा ४ चौका सहित ३२ रन बनाएका दिपेन्द्र रवि विश्नोइको बलमा साइ किशोरको हातबाट क्याच आउट भए।
नेपालले छैटौं विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो।  १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २९ रन बनाएका सन्दीप क्याच आउट भए।
सोमपाल कामी ७, गुलसन झा ६, सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए।
त्यसअघि झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको थियो।
भारतका शिवम दुबे २५ र रिंकु सिंह ३५ रनमा नटआउट रहे। दुवेले १९  बलमा २ चौका र १ छक्का हाने। १४ बलको सामना गरेका सिंहले २ चौका र ४ छक्का हान्दै ३५ रनमा नटआउट रहे।
ओपनरद्दय ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए।
नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए। जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए।
विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरिले पहिलो सफलता दिलाएका थिए। दिपेन्द्रले दशौं ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए।
१२ औं ओभरको चौथो बलमा सोमपाल कामीले तिलक बमलाई २ रनमा बोल्ड आउट गरे। १३ औं ओभरको अन्तिम बलमा लेग स्पिनर सन्दीप लामिछानेले ५ रन बनाएका जितेश शर्मालाई कट एण्ड बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए।
दिपेन्द्रले १७ औं ओभरको दोस्रो बलमा अविनास बोहोराको हातबाट क्याच आउट गराउँदै जैसवाललाई पवेलियन पठाए।
नेपालका लागि दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए।
नेपाल र भारत टी २० आई मा पहिलो पटक आमनेसामने भएका हुन्।
एसियाडमा भारतले सिधै क्वार्टरफाइनलमा स्थान बनाउँदा नेपाल भने समुह ए को विजेताको रुपमा अन्तिम ८ मा पुगेको थियो।
नेपालले समुह चरणको पहिलो खेलमा मंगोलियामाथि २ सय ७३ रनको कीर्तिमानी जित निकालेको थियो। दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?