ट्रेंडिंग:

>> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी >> गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो >> होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात >> पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकहरुको सहयोग आवश्यक- मन्त्री पाण्डे >> ५० प्रतिशत महिला सहभागिताको माग >> संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण थियो- प्रधानमन्त्री ओली >> कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली >> दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ >> माओवादीको अवरोधपछि प्रतिनिधिसभाको बैठक भदौ ३० गतेसम्म स्थगित >> भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु >> गुल्मी इस्मामा रोटरीले क्यान्सर परिक्षण शिविर गर्दै >> उपसभामुख प्रकरणमा वेट एण्ड वाचको सिचुयसनमा छौं- रास्वपा >> लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत >> स्व सरोज सिलवाल बन्दीको १७ औ स्मृतिमा रक्तदान
सडक दुर्घटना :

सुदूरपश्चिममा चार बर्षमा ५ सय ६० जनाको मृत्यु, ३ लाख सवारी कारबाही,१९ अर्ब राजश्व

१५ आश्विन २०८०, सोमबार
१५ आश्विन २०८०, सोमबार

धनगढी, १५ असोज । सुदूरपश्चिममा सवारी दुर्घटना भयावह बन्दै गएको छ । पछिल्लो चार  वर्षको आँकडा हेर्दा १ हजार ३ सय १५ सवारी दुर्घटनामा पर्दा ५ सय ६० जनाले ज्यान गुमाएका छन् भने २५ सय ७० जना घाइते वनेका छन् ।
प्रदेश ट्राफिक  प्रहरी कार्यालय अत्तरियाका अनुसार चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै ६० सवारी दुर्घटनामा पर्दा २६ जनाको मृत्यु र ९२ जना घाइते छन् ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७⁄०७८ मा ५ सय ६२ सवारी दुर्घटना हुँदा १ सय ८७ को मृत्यु १ हजार ९६ जना घाइते भएको देखिएको छ । यस्तै आर्थिक वर्ष २०७८⁄०७९ मा ५ सय १ सवारी दुर्घटनामा १ सय ९६को मृत्यु,१ हजार १ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७९⁄०८० मा भने यो सङ्ख्या केही घटेको छ । २ सय ५२ सवारी दुर्घटना हुँदा १ सय ७७ जनाको ज्यान भएको छ भने ४ सय ७३ जना घाइते छन् ।
तीव्र गति, चालकको लापरबाही,यात्रुको गल्ती,यान्त्रिक समस्या र मादक पदार्थ सेवन गरी सवारी चलाउनु लगायतका कारणले सवारी दुर्घटना भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीले बताए । ‘सवारी दुर्घटना न्यूनीकरणका लागी हामीले जनचेतनामूलक कार्यक्रमहरू गरीरहेकाछौँ। हाम्रो प्रयासले मात्र नहुने भयो । यसका लागी चालक,यात्रु र सर्वसाधारणहरूले विशेष सजगता अपनाउन जरुरी छ,’प्रहरी उपरीक्षक गिरीले भने ।
उनका अनुसार ट्राफिक प्रहरीले तीन वर्षको अवधिमा ७ हजार २८ पटक जनचेतनामूलक कार्यक्रम गर्दा ४ लाख ९ हजार १ सय ९६ नागरिक लाभान्वित वनेका छन् ।

नियम उल्लङ्घन बढ्दो,राजश्वमा उल्लेख्य सुधार

सवारी चालकहरूले ट्राफिक नियमको उल्लङ्घन गर्ने क्रम पनि बढ्दै गएको छ । पछिल्लो चार वर्षकै अवधिमा ३ लाख ५८ हजार ८ सय ९२ सवारी कारबाहीमा पर्दा १९ अर्ब ७५ लाख ३० हजार,५ सय राजश्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको पछिल्लो २ महिनामा मात्रै १३ हजार ८ सय ८८ सवारी कारबाहीमा पर्दा ८९ लाख ७५ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०७९⁄०८० मा १ लाख १२ हजार ६ सय ५५ सवारी कारवाहीबाट ६ अर्ब ४३ करोड ७० हजार राजश्व सङ्कलन भएको छ । यस्तै आर्थिक वर्ष २०७८⁄०७९ मा ९६ हजार १ सय ७ सवारी कारवाहीबाट ५ अर्ब ४१ करोड ९४ हजार,आ.व.२०७७⁄०७८ ७९ हजार ८९ सवारी कारवाहीबाट ४ करोड ५७ लाख ६७ हजार र आर्थिक वर्ष २०७६⁄०७७ मा ५६ हजार १ सय ५३ सवारी कारबाही हुँदा ३ करोड ३१ लाख ९९ हजार ५ सय राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस्तो छ चाडपर्व लक्षित सुरक्षा योजना

सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन कार्ययोजना लागू भएको छ । प्रदेशका नाका तथा बसपार्क लगायतका भिडभाड हुने क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने गरेको छ । विशेष गरी मजदुरी गर्न भारत गएकाहरू घर फर्किने हुँदा पनि चाप बढी हुने गरेको हो । देशभित्रै पनि पढाइ तथा काम विशेषले घरबाहिर बस्नेहरू जन्मथलो फर्किने भएकाले पनि चाप बढ्ने गरेको छ । यात्रुको सङ्ख्या बढी हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम बढी हुन्छ ।
‘दसैँ, तिहार र छठ पर्वलाई लक्षित कार्य योजनामा तयार गरेका छौँ। दुर्घटना न्यूनीकरणमा हामीले विशेष ध्यान दिन्छौँ । सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, चालकले मादक पदार्थ सेवन गर्ने, सवारीको अवस्था चेकजाँच नहुने लगायतका कारण दुर्घटनाको जोखिम बढी हुने गरेको छ,’प्रहरी उपरीक्षक गिरीले भने,‘दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेशभर सहायता कक्ष स्थापना गरी व्यवस्थापन गरीरहेकाछौँ।’

सबै जिल्लामा ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । मापसे गरी सार्वजनिक यातायात चलाउने चालकलाई मुद्दा चलाइने,टाइम कार्डमा कडाइ,सादा पोसाकमा खटिएका प्रहरी तथा यातायात प्रा.लीहरु सँग समन्वय गरिने प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा टा«फिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गर्न लागेको हो । ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरको सहकार्यमा यान्त्रिक अवस्था जाँच भइरहेको छ । यात्रुसँग एक मिनेट कार्यक्रम लागू गरेको ट्राफिकले बेला बेला मापसेसमेत चेक गर्ने गरेको छ । लामो दुरीमा दुई चालक राख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका विषयमा समेत कडाइ भइरहेको गिरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?