Butwal Today

एमाले बागमतिको मतदान समय स-यो

११ आश्विन २०८०, बिहीबार
अ+
अ-

काठमाडौं,११ असोज । नेकपा एमालेको बागमती प्रदेशको नयाँ नेत्तृत्वका लागि हुन लागेको निर्वाचन अन्तर्गत मतदान कार्यक्रमको समय सरेको छ ।
बिहीवार बिहान ८ बजेलाई मतदान शुरु हुने समय तोकिएकोमा प्राविधिक कारण भन्दै पछि सरेको छ । अब निर्वाचन दिउँसो १ बजेबाट शुरू हुने सम्भावना रहेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले बागमती प्रदेशको नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेको उम्मेदवारी परेको हो ।

यीमध्ये दाहाल र ढुंगेलबीच तीव्र मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । दुवैजना अध्यक्ष केपी शर्मा ओलीकै समूहको भए पनि दाहाललाई गोकुल बाँस्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेतले बोकेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?