ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन

११ आश्विन २०८०, बिहीबार
११ आश्विन २०८०, बिहीबार

नेपालगञ्ज, ११ असोज ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी वर्ष बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन निर्देशन दिएका छन् । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालिकाले बुधबार आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले एक लाख पर्यटक भित्र्याउने कार्यक्रमसहितको योजना बनाउन बर्दियाका स्थानीय पालिकाहरुलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री चौधरीले भने –‘गत बर्ष २४ हजार ३ सय ३९ पर्यटक बर्दियामा भित्र्याउनुभयो, आगामी एक बर्षमा एक लाख पर्यटक भित्र्याउने अभियानमा लाग्नुहोस् यसको लागि प्रदेश सरकार साथ दिन तयार छ ।’

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके मात्र पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाई छ । मुख्यमन्त्री चौधरीले स्थानीय विभिन्न परिकारलाई ब्यवसायसँग जोड्नको लागि सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए । बाँके र बर्दियामा उत्पादन हुने महुँवाको मदिरालाई ब्रान्डिङ गर्नको लागि अव छिट््टै ठाकुरबाबा नगरपालिकामा ल्याव परीक्षण मेसिन राख्न लागेको मुख्यमन्त्री चौधरीले जानकारी दिए ।

लुम्विनी प्रदेशले आर्थिक समृद्धिको योजनालाई अगाडि सारेको उनले बताए । ‘परिवारका प्रत्येक सदस्यले मासिक २५ देखि ३० हजार कमाउन सक्ने भएपछि मात्र समाज आर्थिक रुपमा समृद्ध हुन्छ,’ मन्त्री चौधरीले भने ‘अवको आर्थिक बृद्धिलाई कसैले रोक्न नसक्ने वातावरण सबैले बनाउनुपर्छ ।’

नेपालगञ्जको जमुनाहा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट धेरै संख्यामा भारतीय पर्यटक भित्र्याउने तयारी सरकारले गरिरहेको मुख्यमन्त्री चौधरीले जानकारी दिए ।

आर्थिक बर्ष २०७९÷०८० मा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन तथा जंगल सफारीका लागि २४ हजार ३८९ पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ । त्यस मध्ये १६ हजार ७८६ आन्तरिक पर्यटक रहेको बताईएको छ ।

बर्दियामा बाघ, हात्ती, गैँडा, कृष्णसार लगायतका वन्यजन्तुसँगै प्राकृतिक सौन्दर्य अवलोकन, थारु कला संस्कृतिसँगै होमस्टेहरूमा स्थानीय परिकार खान पाइन्छ । यस्तै ऐतिहासिक ठाकुरद्वारा मन्दिर, केदारेश्वर धाम, कर्णाली चिसापानी पुल, गेरुवा कोठियाघाट पुल, बर्दिया निकुञ्जभित्र जङ्गल वाक, जीप सफारी, ¥याफ्टिङ, क्याम्प्ङि, फिसिङ लगायतका साहसिक पर्यटकीय गतिविधिमा रमाउन सकिन्छ ।

‘पर्यटन र हरित लगानी’ नारा सहित पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशको प्रवद्र्धन तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित संघर प्रदेशका अन्य सासंद, बर्दियाका सबै पालिकाका प्रमुख तथा उपप्रमुख, बर्दियासहित लुम्बिनी प्रदेश र भारतको उत्तर प्रदेशका सञ्चारकर्मीलगायतको पनि सहभागिता थियो । दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाले स्थानीय विदा समेत दिएकोले ठुलो संख्यामा विद्यार्थी तथा शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?