© २०२३
बुटवल,९ असोज । काठमाडौंमा जारी एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारबाट सुरु भएको अघिवेशनको बन्दसत्र काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको हो ।
सोमबार भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरिएको थियो । एमाले बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर चुनावमा गए उम्मेदवारी खारेज हुन सक्ने चेतावनी दिएपछि नेतृत्वमा आउन प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेका नेताहरुको आकांषामा धक्का लागेको छ ।