ट्रेंडिंग:

>> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

सनातन वैदिक धर्मको मूल थलो नेपाल

९ आश्विन २०८०, मंगलवार
९ आश्विन २०८०, मंगलवार

राष्ट्र गुरु योगी नरहरिनाथले ‘असली हिन्दुस्थान त नेपाल हो, त्यसैले यहाँ सबैले आफ्नो कुलधर्म बचाउनु’ भन्दै हिँडेको कुरा हामी सबैले जानेकै विषय हो । हो यहाँको इतिहास परम्परा सबै कुरा हेर्दा साँच्चै सनातन वैदिक धर्मको मूलथलो नै प्यारो देश नेपाल लाग्दछ । यहाँ कहिलेपनि सनातन परम्पराका विभिन्न सम्प्रदायकाबीचमा झगडा भएको इतिहास नै छैन । झगडा हुन त यहाँका सम्प्रदायमा भिन्नता भए पो । भिन्नता नै छैन । शिवलाई इष्ट देवता मान्नेले चारकोणमा विष्णु, सूर्य, देवी, गणेशको स्थापना गरेका छन् । इष्ट देव शिवलाई माने पनि सबै भगवान्प्रति उत्तिकै प्रेम छ । ईश्वर कामले भिन्न भएका हुन् भन्ने बुझेका छन् । त्यस्तै विष्णुलाई इष्टदेव मान्नेले पनि बीचमा विष्णुको स्थापना गरी चार कोणमा शिव, गणेश, देवी, सूर्यको स्थापना गरेका छन् । सबैले पाएसम्म शालीग्राम शिलालाई नै पञ्चदेवको प्रतीक मानेर पुजा गर्दछन् । यस्तै प्रकारले उपासना देवी, सूर्य, गणेश मान्नेले पनि गरेका छन् ।

यहाँका कुनैपनि प्राचीन मन्दिरमा यही अनुसारको भगवान्को स्थापना छ । बाबुले शिवलाई इष्टदेव मानेका छन् भने छोरालाई शिव नै मान्नैपर्ने भन्ने छैन । उसलाई आफूले इच्छाएको देवता मान्ने पूर्णाधिकार छ । यहाँ शिव मान्नेले कृष्णजन्माष्टमी वा एकादशीमा टन्न भात खाएर शिवरात्री र सोमवारको मात्र उपासना गर्दैनन् । शास्त्रले बताएका सबै देवी देवताप्रति उत्तिकै सम्मान छ । देवीको उपासकले पनि एकादशीको व्रत गर्ने गर्दछ । प्रत्येक सनातनी नेपालीले शिवरात्रीका दिन शिवलाई नै ब्रह्म देखेर पूजा गर्दछ । रामनवमीका दिन रामलाई नै ब्रह्म देखेर पुजा गर्दछ । दशैँमा देवीलाई नै सर्वशक्तिमत्ताको भावले आराधना गर्दछ । यज्ञलाई विशेष ग्राह्यता दिएर मन्दिर भन्दापनि यज्ञमण्डपको रूपमा रहेका पवित्र स्थलहरू पनि त्यस्तै किसिमले बनेका छन् ।

वैष्णवहरूले पनि भगवान् शिवको स्थापना गर्नुभएको छ । हाम्रा गाउँघरमा सँगै बसेका निमार्गी वैष्णवहरूले त झन् प्रत्येक दिन रुद्राभिषेक नगरी नखाएको हाम्रै आँखाले देखेको छ । वैष्णवका अरू भेदमा पनि हो दैनिक पूजागर्दा केही विधिले विष्णुको कृष्णको पूजामा अलि जोड दिएतापनि सबै देवी देवतालाई सम्मानका साथपूजा गरेर आचार्यहरू भगवान् पशुपतिनाथ, केदारनाथ, विश्वनाथ गएर शिवराधनामा मस्त भएर शिवतत्व कल्याणतत्वमा लीन भएको हाम्रै आँखाले देखेको विषय हो । त्यसैले त यो देशका प्रत्येक मानिसहरूलाई देखेर महर्षि महेश योगीले यहाँका प्रत्येक मानिस देवता हुन् भन्नुभएको थियो । अरू त कुरै छाडौँ पुजा पद्धति र दर्शन एउटै खालका भएतापनि हाम्रा अल्पबुद्धिले बौद्ध एवम् किरात भेदमा देखेकाहरूले पनि यही खालकै व्यवहार गर्नुभएको छ । त्यसैले त शिवांश पुरुष योगी नरहरिनाथले यही पुण्यभूमिलाई मात्र असली हिन्दुस्थान देख्नुभयो ।

लोकतन्त्र आयो । हाम्रो वैदिक सत्य सनातन धर्मलाई नै सैतान र काफिर भन्ने त यहाँ छिरे छिरे । विश्व कल्याणको कामना गर्ने वैदिक सत्य सनातन धर्मको गुदी देख्नै सकेनन् । ती धर्म मान्ने मध्येकापनि सही र असली मानिस छिरेका भए त त्यस्ता कुरा पक्कै गर्दैनथे । ती रिलिजनका माध्यमले यहाँ मिलेर बसेको समाजमा उथलपुथल पार्ने योजना भएकाहरूले उनीहरूलाई सही कुरा नसिकाएर उही गालीमात्र गर्न सिकाएको हुनाले यस्तो हुनु ती रिलिजनका कारणले भन्दापनि उनीहरूलाई गलत सिकाएर पठाएका धर्म गुरुहरूले गर्दा हो ।
उनीहरू त आफूलाई अर्कै धर्मको भन्ने चिनाएर छिरे । हामीलाई गाली गरे तर केहीथरी आफूलाई हिन्दू नै भनेर घुसपैठ गरे । सनातन धर्मका प्रत्येक देवी देवता र चाडवाडलाई बराबर तरिकाले मान्ने र मनाउने गरेका सोझा नेपालीलाई उल्टापुल्टा गरेर यो ठूलो र त्यो ठूलो भन्न सिकाए । तैले मानेको त गलत हो त्यसलाई नमान । तैले गरेका कर्म त ईश्वरीय हैनन् ती त सबै भूतप्रेतीय हुन् भन्न सिकाए । कसैले आफ्ना फोटा बाँडेर आफूलाई नै सर्वशक्तिमान् गुरु घोषणा गरे त कसैले झन् भगवानका मन्दिरमा आफ्नै मूर्ति छिराएर आफूलाई नै भगवानको पनि भगवान् भन्न सिकाए । के के सिकाए सिकाए । के के रटाए रटाए । शिवलोक, वैकुण्ठलोक, देवलोकको सबै ठेक्का लिएर आएकाहरूले अझ मोटो रकममा ती त्रिलोकमा जाने टिकटसम्म काट्न भ्याए । सोझा नेपाली चिम्म गरे । आँखा खोल्दा धर्मगुरुहरू गरगहना र सम्पत्तिसहित अलप भए । भगवानसँग लभ भएन लप्प भयो ।

यो हाम्रो प्यारो देशमा यस्तै किसिमका बाजा बजाउनेहरूले लुटिरहेका छन् । हामी बाजा तालमा नाचिरहेका छौँ । धर्म के हो ? धार्मिकता भनेको के हो ? के का लागि आस्तिक भइने हो ? परमात्मा के हो ? आत्मा के हो ? किन जन्म भयो ? किन मृत्यु हुन्छ ? यी यस्तै खालका वेदान्तका प्रवचन दिएर जीवन सार्थक तुल्याउन खोज्ने स्वामीजीहरूका मञ्च खाली छन् । तर वैकुण्ठ र शिवलोक पु¥याउनेहरूका दोकान मस्त चलेका छन् । गुरुकै जय जयकार र झाम्रे गानमै समय वितेका छन् । के भन्छन् भन्छन् । मिलेर बसेका बौद्धमार्गी र किरात मार्गीलाई तल विधर्मीले फुटाए रे अनि हृदयका एउटै नसा भएका शिवमार्गी वैष्णवमार्गी देवीमार्गीलाई चाहिँ आफ्नो पेटपूजाका लागि फुटाउनेलाई के भन्ने ? अचम्म छ विहानभरी शरीरभरि के के घसेर नाङ्गै भट्भटाउने बाको पनि चेतना आएको छैन भने त्यो विहानै भटभटे हाँक्ने छोराको कसरी चेतना आउने ? अर्को कुरा गलत मार्गमा गलत गुरुद्वारा प्रशिक्षित ती भट्भटे बाको पनि कसरी आउने र चेतना ? ईश्वर पुजनले त व्यक्तिलाई वसुधैव कुटुम्बकम्को मार्गमा हिँडालोस् न । त्यो त कता हो कता झन् व्यक्ति त वसुधाबाट तल खसेर अन्त्यमा त कुटुम्बकम् मात्र रहन जाने भयो । केही वर्ष पहिले हामीले स्वर्गद्वारीको दर्शन गर्न अत्यन्तै आदरणीय वैष्णवपथबाट ईश्वरको सेवा गरिरहनुभएका स्वामीजीसँग गएका थियौँ । मलाई त पहिला अब उहाँले स्वर्गद्वारी गएर कहाँ दर्शन गर्नुहोला भनेको त स्वर्गद्वारीमा स्थित शिवमन्दिरमा गई आफूले पहिले भस्म लगांई हामीलाई पनि भस्म लगाइदिनुभयो । के गर्ने त्यस्ता व्यक्ति कहाँ पाउने ?

त्यसैले भगवानसँग प्रार्थना छ– आफूलाई हिन्दू धर्मको हिमायती, आस्तिक, विद्वान् ठान्ने हामीमा र हाम्रा चेतनामा त्यस किसिमका ढुलमुले मसला नमिसाई दिनुहोला कि जुन कुराले हाम्रो विवेक नै नष्ट होस् र ईश्वरका बीचमा पनि सानो ठूलोको भावना विकसित भएर इदं भ्रष्ट उदं भ्रष्टको भइयोस् । सबैका बुवा आमालाई एउटै भावले सम्मान गर्दै हामी हाम्रा बुवा आमाको सेवामा कत्ति विचलित न हौँ । कसैले स्वर्गको टिकटै लिएर आएपनि त्यस्ता कुराको लोभ नआओस् । हामी हाम्रै नेपाली वैदिक सत्य सनातन धर्ममा मर्न पाऊँ । शिवधाराको शान्तिसहित भगवान् शालग्रामको चरणामृत दैनिक ग्रहण गरी ब्रह्मलीन हुन सकौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?