© २०२३
काठमाडौं, ८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।
बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन–८४ एमालेले एकल बहुमत ल्याउनकै लागि चलाइरहेको बताए ।
ओलीले एमालेका विरोधीहरुलाई सबै एकगठ हुन र गठबन्धनमा जान चुनौति दिंदै मिसन ८४ ले विरोधीका सबै क्रियाकलापलाई जवाफ दिने र एमालेले एकल बहुमत ल्याउने दावी गरे ।
चुनावमार्फत एमालेले जवाफ दिने भन्दै उनले एमाले मरेको बिरालोजस्तो नभएर ज्युँदो बाघ भएर अघि बढ्ने बताए । उनले एमालेका नेता कार्यकर्तालाई पनि देशलाई केही दिन्छु भन्ने भावनाका साथ अघि बढ्न निर्देशन दिए । सञ्चारमाध्यमले एमालेभित्र यो र त्यो गुटको उम्मेदवार भनेर प्रचार गरिरहेको भन्दै त्यसमा नलाग्न प्रदेश नेतृत्वका आकांक्षीहरुलाई अध्यक्ष ओलीले सचेत समेत गराए ।