© २०२३
बुटवल,६ असोज । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । १० मत मात्रै गन्न बाँकी छंदा पारस ११ मतले अगाडि रहेकाले प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् । ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ ।