Butwal Today

क्रिकेट संघमा अध्यक्षमा चन्द सहित ३ पदाधिकारी निर्विरोध

६ आश्विन २०८०, शनिबार
अ+
अ-

बुटवल,६ असोज । नेपाल क्रिकेट संघ क्यान अध्यक्षमा चतुर बहादुर चन्द सहित ३ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

शनिवारको चुनावी साधारणसभामा अध्यक्ष पदका अर्का उम्मेदवार विनय राज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।

उपाध्यक्षमा रोशन कुमार सिंह र कोषाध्यक्ष पदम बहादुर खड्का समेत निर्विरोध निर्वाचित भए । उपाध्यक्ष र कोषाध्यक्ष पदमा सहमती जुटेको हो ।

क्यानको शीर्ष चार मध्य तीन पदाधिकारी निर्विरोध चयन भएका छन्। सचिव र सदस्य पदमा भने निर्वाचन हुने भएको छ ।

सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीचमा निर्वाचन हुनेछ ।